दाङ, २७ कार्तिक ।
सरकारले नेपालमा टिकटक बन्द गर्ने निणर्य गरेको छ ।
मन्त्रीपरिषद्को आज बसेको बैठकले नेपालमा टिकटक बन्द गर्ने निणर्य गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जनकारी दिनुभएको हो ।
टिकटक बन्द गर्ने नेपालको निर्णय भन्दा अघि अन्य देशले लागू गरीसकेका छन । यसअघि टिकटक बन्द गरेका देशहरूमा भारत, अष्ट्रेलिया, बेल्जियम, क्यानडा, नर्वे, न्यूजिल्याण्ड, डेनमार्क लगायतका छन।
भारतले सन् २०२० मा नै टिकटक सहितका ५८ वटा चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको थियो ।
प्रकाशित मिति : २०८० कार्तिक २७ गते सोमवार