
काठमान्डौ,३० कार्तीक ।
विश्वकप फुटबल छनोट अन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपालले आज यूएईसँग खेल्दैछ । खेल दुबइको अल माक्तोउम रङ्गशालामा नेपाली समयअनुसार राती साढे ९ बजे सुरु हुनेछ । नेपालले झण्डै ४ दशकपछि यूएईसँग खेल्न लागेको हो । सन् १९८४ मा भएको एसिया कपमा नेपाल ११–० ले पराजित भएको थियो ।
नेपालका मूख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले प्रतियोगिताका लागि आफुहरुले राम्रो तयारी गरेको र यूएईसँग नडराएको बताउनुभएको छ । हिजो भएको ‘प्रि–म्याच कन्फरेन्स’ मा उहाँले यूएर्ई बलियो टोली भए पनि नेपालले पनि राम्रो तयारी गरेकाले राम्रो नतिजा निकाल्ने बताउनुभयो ।
नेपालले यूएईसँग काठमाडौँमा पनि खेल्नेछ । नेपाल रहेको समूह एचमा यूएईसहित बहराईन र यमन छन् । नेपालले लाओसलाई पहिलो चरणमा हराउँदै दोस्रो चरणमा स्थान बनाएको हो ।।
प्रकाशित मिति : २०८० कार्तिक ३० गते बिहिवार