२०८१ जेष्ठ ९ गते बुधवार

एकै घरका दाजुभाई मृत फेला



दाङ,४ मंसिर । दाङमा एकै घरका दाजुभाई मृत फेला परेका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ डोक्रेना घर भइ तुलसीपुर उपमहानगरपालिका ६ गाइडहरमा कोठा भाडामा बस्दै आएका ३४ बर्षीय पूणर्बहादुर बस्नेत र भाइ ३० बर्षीय टेकबहादुर बस्नेत मृत फेला परेकाे  इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएकाे छ ।

उनीहरु बस्ने घरमा घरबेटी बस्दैनथे । पूर्ण परिवारका साँइला र टेकबहादुर कान्छा सञ्तान रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक ठाकुरप्रशाद पोखरेलले बताउनुभयाे ।

मृतक टेकबहादुरकी श्रीमति रुकुम पश्चिम स्थित माइतीमा गएकाले उनी फर्केपछि मात्रै शव निकाल्ने प्रहरीको भनाई छ ।  पोष्टमार्टम रिपोर्टपछि घटनाका बारेमा विस्तृत विवरण आउने प्रहरी नायब उपरीक्षक पोखरेलले बताउनुभयाे ।

 

प्रकाशित मिति : २०८० मङ्सिर ४ गते सोमवार