दाङ, ६ मंसिर ।
हिजो झन्डै २४ अङ्कले घटेको शेयर बजार आज (बुधवार)भने दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २० दशमलव ६७ अङ्कले बढेर एक हजार आठ सय ५० दशमलव ३३ विन्दुमा पुगेको छ ।
आज म्युचल फन्डबाहेक सबै समूहको शेयर बढेको छ । सबैभन्दा धेरै बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनीको शेयर १० प्रतिशत तथा पञ्चकन्यामाई हाइड्रो, माथिल्लो मैलुङखोला जलविद्युत्, थ्री स्टार हाइड्रो र पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।
समग्रमा बजार बढेको दिन आज सयपत्री हाइड्रोपावरको शेयर आठ प्रतिशतभन्दा धेरैले घटेको छ ।।
प्रकाशित मिति : २०८० मङ्सिर ६ गते बुधवार