२०८१ असोज २७ गते आइतवार

तुलसीपुर ७ मा विद्युतिय चुलो प्रयोग सम्बन्धी अभिमुखीकरण



दाङ, ७ मंसिर ।
तुलसीपुरमा विद्युतिय चुलो प्रयोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । क्लिन इनर्जी इनभाइरोन्मेन्ट सेन्टर प्रालीको आयोजना तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ को सहकार्यमा अभिमुखिकरण भएको हो ।

सरकारले सन् २०३० सम्म नेपालको २५ प्रतिशत जनसख्यामा विद्युतिय चुलोको पहुँच पुर्‍याउने लक्ष्य लिएको छ । सोही योजना अनुसार दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ मा विद्युतिय चुलो प्रर्दशनी तथा खभिमुखिकरण गरिएको हो ।

अभिमुखिकरण कार्यक्रममा प्रालीका सञ्चालक इश्वरी प्रसाद घर्तीले आफ्नै देशको उत्पादनलाई प्रबद्र्धन गर्न तथा दाउराको प्रयोगबाट उत्पन्न हुने अत्यधिक कार्बनडाइ अक्साइडको उत्सर्जन कम गर्ने परियोजनाको मुख्य उद्देश्य रहेको बताउनुभयो ।

अजम्बरी विकास फाउण्डेशन केन्द्रले नेपाल सरकारसंग समन्वय गरी स्थानिय स्तरमा क्लिन इनर्जी इनभाइरोन्मेन्ट सेन्टर प्रालीले काम गरिरहेको छ । उहाँका अनुसार परियोजनाले अहिले दाङको तुलसीपुर उपमहानगरपालिका र दंगिशरण गाँउपालिकामा काम गरिरहेको छ ।

तुलसीपुर उपमहानगरपालिकाको ५ सय घरधुरीमा अनुदानमा विद्युतिय चुलो पुर्‍याउने लक्ष्य रहेको छ । जसमा लागि काम अगाडि बढाइएको घर्तीले बताउनुभयो । ग्यासको तुलनामा मूल्य सस्तो पर्ने र गुणस्तर अनुसारको मूल्यमा चुलो खरिद गर्न सकिने उहाँले बताउनुभयो ।

प्रालीका अध्यक्ष इश्वरी प्रसाद घर्तिको अध्यक्षता तथा तुलसीपुर ७ का वडा अध्यक्ष राम बहादुर जिसीको प्रमुख आथिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख जिसीले समय अनुसार परिवर्तन हुन जरुरी रहेको बताउनुभयो । स्वास्थ्य, स्वस्थ र प्रविधिमैत्री विधि रहेकाले मानविय सुरक्षाको हिसाबले पनि सुरक्षीत रहेको भन्दै सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

कार्यक्रममा वडा सदस्य शोभाराम भण्डारी, समाजसेवि मुक्ति न्यौपाने, बुद्धिराम भुषाल, दुर्गा वली लगाएतकाले धारण राख्नुभएको हो । कार्यक्रममा विद्युतिय चुलो प्रयोग कसरी गर्ने बारेमा प्रर्दशनी गरिएको थियो ।

प्रकाशित मिति : २०८० मङ्सिर ७ गते बिहिवार