२०८१ जेष्ठ १६ गते बुधवार

तुलसीपुरमा रक्तदान कार्यक्रम सम्पन्न



तुलसीुपुर,८ मंसीर ।
नेपाल रेडक्रस सोसाइटी तुलसीपुर उपशाखाको आयोजनामा आज (शुक्रवार) तुलसीपुरमा रक्तदान कार्यक्रम गरीएको छ ।
रक्तदान नै जिबनदान भन्ने नाराका साथ आज शुक्रबार राप्ती प्रादेशिक अस्पताल तुलसीपुर परिसरमा अवस्थीत रक्तसञ्चार केन्द«मा रक्तदान कार्यक्रम गरिएको हो ।

नेपाल रेडक्रस सोसाइटी तुलसीपुर उपशाखा सभापति देबकी नेपालीको अध्यक्षता तथा रेडक्रस सोसाइटी जिल्ला शाखा दाङका सदस्य मदन धितालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालीका वडा नं ७ का अध्यक्ष राम बहादुर जीसी सहित १८ जनाले रक्तदान गरेका हुन ।

अध्यक्ष जिसीले रक्तदान नै जिवनदान भएको भन्दै निरन्तर गर्ने गरेको बताउनुभयो । रत्तदान गर्दा स्वास्थ्य विग्रन्छ भन्ने भ्रम अझैपनि समाजमा विद्यमान रहेको भन्दै स्वास्थ्यकर्मीको सल्लाह अनुसार रक्तदान गर्दा स्वास्थ्यमा समस्या नरहने बताउनुभयो ।
रक्तदान कार्यक्रममा तुलसीपुरमा रहेकोे हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाका कोषाध्यक्ष बिजय सुवेदीले २५ औँ पटक रक्तान गरेका थिए ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नं ७ का निवर्तमान वडाध्यक्ष टोपबहादुर केसी सहित रेखराज भण्डारी, सर्मिला नेपाली, नबिन पराजुली, मधुसुधन केसी, भोला प्रसाद थापा, पुर्णबहादुर बुढामगर, सुदीप वली, सुधिर गुरुङ्, शंकर खड्का, मिना घर्ती, मधुकर न्यौपाने रहेका छन ।
कार्यक्रमको सहजीकरण सचिव बंशिकुमार शर्माले गरेका थिए ।

प्रकाशित मिति : २०८० मङ्सिर ८ गते शुक्रवार