२०८१ असार १ गते शुक्रवार

तुलसीपुरमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु, ट्याक्टर धनि घाइते



दाङ, ९ मंसिर ।
दाङमा ट्याकटर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर १९ सग्रामका अन्दाजी १८ वर्षका बिराज विक रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।तुलसीपुर १८ सातकुलेबाट सग्रामतर्फ जादै गरेको लु ३ त ९६६६ नम्बरको खेत जोत्ने ट्याक्टर आज दिउँसो २ बजे तिर आफै अनियन्त्रित भई नालामा पल्टिदा विकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभएको छ ।

सोही ट्याक्टरले च्यापिएर गम्भिर घाइते भएका विकलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको लागि ल्याइएको थियो । उहाँको उपचारकै क्रममा आज दिउँसो ३ बजेतिर मृत्यु भएको मल्लले बताउनुभयो ।

यस्तै तुलसीपुर १९ का ट्याक्टर साहु ३१ वर्षीय सुरेन्द्र केसी सामान्य घाइते भएको र उहाँको राप्ती प्रादेशिक अस्पताल तुलसीपुुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सोही ठाँउका ट्याक्टर चालक २६ वर्षीय सन्तोष नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर ९ गते शनिवार