२०८१ माघ ४ गते शुक्रवार

दाङसहित पश्चिमी क्षेत्रमा हल्का वर्षा



दाङ, १८ मंसिर ।
दाङसहित देशको पश्चिमी क्षेत्रमा हल्का वर्षा भएको छ । मौसमविद्का अनुसार अहिले पनि पश्चिमी क्षेत्रका एक दुई ठाउँमा पानी परिरहेको छ ।

मौसमविद् गंगा नगरकोटीका अनुसार पश्चिमी वायुको प्रभावका कारण पश्चिमी क्षेत्रका एक दुई ठाउँमा हल्का वर्षा भइरहेको हो । मधेश र कोशी प्रदेशको तराई क्षेत्रबाहेक अन्य ठाउँमा बिहानैदेखि बादल लागेको छ ।

आज धेरैजसो ठाउँको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान गरिएको छ । यस्तै, उच्च पहाडी र हिमाली क्षेत्रमा आज पनि हल्का हिमपात हुने मौसमविद्ले बताएका छन् ।

प्रकाशित मिति : २०८० मङ्सिर १८ गते सोमवार