२०८१ असार १ गते शुक्रवार

विवाह गरे बुद्ध एयरमा निशुल्क घुम्न पाइने



दाङ,२० मंसिर

बुद्धएयरले मंसिर तथा पौष महिनाको विवाहपञ्चमीभित्र विवाह गर्ने जोडीलाई टिकट उपहार दिने घोषणा गरेको छ ।नवविवाहित जोडीलाई काठमाडौं–पोखराको दुईतर्फी उडान टिकट उपहार दिन लागेको हो।

यस्तो सुविधा प्राप्त गर्न बुद्धको जहाजसँग बेहुला–बेहुलीको तस्विर बुद्ध एयरको सामाजिक सञ्जालमा ट्याग वा पोष्ट अनिवार्य गर्नुपर्नेछ। जसमध्ये बुद्धले १० जोडीलाई पोखराको दुईतर्फी टिकट उपहार दिनेछ।

प्रकाशित मिति : २०८० मङ्सिर २० गते बुधवार