२०८१ जेष्ठ १६ गते बुधवार

तुलसीपुर र कपुरकाेट क्षेत्रमा भोलि विद्युत नआउने



तुलसीपुर, २९ मंसिर।
तुलसीपुर क्षेत्रमा भोलि विद्युत नआउने भएको छ । विद्युत लाइन वरीपरीका रुखका हाँगा काट्नुपर्ने भएकाले भोलि चार घण्टा विद्युत अवरुद्ध हुने भएको हो ।

तुलसीपुर वितरण केन्द्रको कार्यक्षेत्रभित्र पर्ने हापुरेदेखि तुलसीपुरसम्मको ३३ केभि लाइन र ११ केभि लाइन वरपरका रुखका हाँगा फडानी गर्नुपर्ने भएकाले लाइन कटौति गरिने तुलसीपुर वितरण केन्द्र प्रमुख शिव नारायण गोशलीले बताउनुभयो ।

बालापुर, सुकौरा, भमके, एयरपोर्ट, कृष्णमन्दीर , मानपुर बिजौरी र सल्यानको कपुरकोट फिडर अन्तर्गतका सम्पूणर् क्षेत्रमा विद्युत अवरुद्ध हुने उहाँले बताउनुभयो ॥

यसअघि कार्तिक १८ गते साे क्षेत्रमा लाइन वरीपरीका रुखका हाँगा काट्नुपर्ने भन्दै प्राधिकरणले सुचना निकालेकाे थियाे ।तर कार्तिक १७ गते राती जाजरकाेटकाे रामिडाँडा केन्द्रबिन्दु भएर भुक्मप गएपछि लाइन कटाैती  स्थगित भएकाे थियाे।

प्रकाशित मिति : २०८० मङ्सिर २९ गते शुक्रवार