२०८१ माघ १२ गते शनिवार

छुट्टाछुट्टै दुर्घटनामा परी तुलसीपुरमा दुईजना घाइते



दाङ, २९ मंसिर ।
दाङको तुलसीपुरमा छुट्टाछुट्टै सवारी दर्घटनामा परी दुई जना घाइते भएका छन् ।
एक जना पैदलयात्री मोटरसाईकलकोे ठक्करबाट घाइते भएका छन् भने एक जना मोटरसाईकल अनियन्त्रित भएर घाइते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

आज शुक्रबार दिउँसो १ बजेतिर तुलसीपुर ९ बेलुवाबाट अटोभिलेजतर्फ जाँदै गरेको रा ७ प २४२४ नम्बरको मोटरसाईकलले पैदल यात्री तुलसीपुर ९ का गोबिन्द बिकको छोरा बर्ष ४ को एलिस बिकलाई ठक्कर दिदा घाईते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता नवचन्द्र मल्लले जानकारी दिनुभयो ।

घाईते बिकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारको लागि राप्ती लाईफ केयर हस्पिटल तुलसीपुरमा लगिएको मल्ले जानकारी दिनुभयो । चालक र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै तुलसीपुर-७ राजापुरस्थित तुलसीपुरदेखि बिजौरीतर्फ जाँदै गरेको रा ८ प २४८२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बिद्युतको पोलमा ठोकिदा मोटरसाईकलमा पछाडी बसेका तुलसीपुर १७ मानपुरका २० वर्षिय सन्तोष बुढाथोकी घाइते हुनुभएको छ ।

उहँको राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर २९ गते शुक्रवार