२०८१ असोज २७ गते आइतवार

बाेकटीमा रहेकाे सुन्दर खानेपानीको तेस्रो साधारणसभा



दाङ, ३० मंसिर ।
सुन्दर खानेपानी तथा सरसफाई उपभोक्ता समितीले तेस्रो साधारणसभा गरेको छ । समितिले आज शनिवार तुलसीपुर ७ बोकटीमा साधारणसभा गरेको हो ।

कार्यक्रममा उपभोक्ता समितीका सदस्यहरूले स्वच्छ पिउने पानी बितरणमा ध्यान दिन आग्रह गरेका छन । खानेपानि धाराको माग बढेसंगै दिर्घकालिन स्रोतको खोजिका लागी तयार रहन समेत समितीलाई सुझाव दिएका छन ।

प्रमुख अतिथि वडा नम्बर ७ का अध्यक्ष रामबहादुर जिसीले खानेपानी स्थापनाको समय स्मरण गर्दै संस्थाको विकासका लागि सबै उपभोक्ता एक भएर अगाडि बढ्नुपर्ने बताउनुभयो।

तुलसीपुर ७ मा रहेको प्रसेनी बजारमा सार्वजनिक शौचालय र खानेपानी धारा आबश्यकता रहेको उपभोक्ताहरूको मागलाई सकारात्मक रूपमा लिएको जिसीले बताउनुभयो । आगामि बर्षमा बजेटनै बिनियोजन गरेर प्रसेनी बजारमा सार्वजनिक शौचालय निर्माण गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ ।

यस्तै जिसीले सोही स्थानमा सार्वजनिक धारा निर्माणका लागि आवश्यक परामर्श गरेर काम गर्न समितीलाई आग्रह गर्नुभयो । संस्थागत बिकासका लागी सहयोग गर्न वडा सरकार सधै तयार रहेको बताउनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथी मोहोन थापाले समाजमा एकथरी व्यक्ती कुरा उठाउन नचहाने र अर्कोथरी व्यक्ती अरूका कुरा सुन्नै नचाहने प्रवित्तीनै बिकासको मुख्य बाधक रहेको बताउनुभयो ।

खानेपानी मानविय आधारभुत आवश्यकता रहेकाले पर्याप्त पानी बितरणमा ध्यान दिन समितीलाई आग्रह गर्नुभयो । थापाले खानेपानी धारा वितरणलाई मात्र प्राथमिकतामा नराखी दिर्घकालसम्म पुग्ने पानीको स्रोत खोज्नुपर्ने बताउनुभयो ।

सल्लाहकार प्रेम प्रसाद खनालले व्यवस्थापन नै संस्थागत चिनारी भएको बताउनुभएको छ । सामाजीक संस्था नाफामुखी भन्दा सेवामुखी हुने भएकाले सामुहीक भावनामा काम गरे सफलता प्राप्त गर्न सकिने बताउनुभयो । संस्थाले यसवर्षवाट कार्यक्षेत्र विस्तारको योजना बनाएको छ । । यस अघि तुलसीपुर ७ को बम्नै,बोकटी,सुन्दरबस्ती,प्रर्सेनी हुँदै हात्तीधुम्का सम्म करीब पाँच सय घरधुरीमा धारा वितरण गरेको थियो ।

कार्यक्रममा सल्लाहकार ऋिषीराम पौडेलले संस्थाले गरेको प्रगतीको प्रशंसा गदै आर्थीक कारोबारमा पारदर्शीता बनाउनुपर्ने बताउनुभयो । उहाँले आगामी योजनामा तुलसीपुर ४ तल्लो हलवारको बस्तीमा धारा वितरण गर्ने योजना रहेको सल्लाहाकार खनालले बताउनुभयो ।

जितपुर टोल बिकास संस्थाका पुर्व अध्यक्ष उपेन्द्र पौडेलले जितपुर टोलमा खानेपानीको समस्या रहेको भन्दै कार्यक्षेत्र बिस्तार गर्न सुझाव दिनुभएको छ । साथै उहाँले आगामी योजनामा जितपुरवासीलाई खानेपानी पु्याउने गरी काम गर्न माग गर्नुभयो ।

समाजसेवि ईश्वरी पौडेलले दैनिक रुपमा वितरण भैरहेको पानीको समयाअवधी बढाउनुपर्ने धाराणा राख्नुभयो । धारापानी सामुदायीक वनका अध्यक्ष दिपक केसीले प्रर्सेनी वजारमा सार्वजनीक शौचालय र धाराको अत्यन्त आवश्यक्ता खड्रकीएको भन्दै स्थानीय सरकार र खानेपानी संस्था मिलेर काम गर्नु समाजका लागी उदाहरणीय हुने बताउनुभयो ।

संस्थाका उपाध्यक्ष बुद्धिराम भुषालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा संस्थापक सचिव अर्जुन जिसी,सल्लाहकार जगत बहादुर थापा, राम प्रसाद शर्मा लगाएतले शुभकामना मन्तव्य राख्नुभएको हो ।

कार्यक्रममा सचिव चुमानसिङ केसीले बार्षिक प्रगती प्रतीवेवेदन पेश गर्नुभएको थियो भने कोषाध्यक्ष नारायण प्रसाद जिसीले आर्थीक प्रतिवेदन पेश गर्नुभएको हो । यसैविच कार्यक्रममा ज्येष्ठ नागरीहरुलाई दोसल्ला र खादा ओढाएर सम्मानीत गरीएको छ । सम्मनीत हुनेहरुमा टीकाबहादुर केसी,कुम्भकुमारी जिसी,पट्टु चौधरी,सम्जी पुन मगर,ईश्वरी पौडेल,महान प्रसाद भुषाल,दिलबहादुर केसी,रामप्रसाद ज्ञवाली,पुरुषोत्तम रिजाल,तिलसरा वि.क र टिका जिसी रहनुभएको छ ।

संस्थाका अध्यक्ष चेत बहादुर जिसीको अध्यक्षता तथा तुलसीपुर ७ का वडाअध्यक्ष राम बहादुर जिसिको प्रमुख आतिथ्यता तथा समाजसेवी मोहोन थापाको बिशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

संस्थाका अध्यक्ष चेतबहादुर जिसीले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सहजिकरण सल्लाहाकार प्रेम प्रसाद खनालले गर्नुनुभएकाे थियाे ।

प्रकाशित मिति : २०८० मङ्सिर ३० गते शनिवार