दाङ, ११ पुस ।
दाङका एक युवक दुई दिनदेखि वेपत्ता भएका छन् । राप्ती गाँउपालीका ७,अर्नहानपुर निवासी सत्रुधन चाैधरीका २० वर्षिय छोरा धर्मदेब चाैधरी काठमान्डाैँबाट हराएका हुन् ।
गहुँगोरो वणर्को अनुहार भएका, चेक सर्ट लगाएका युवक मंगलबार बिहान ८ बजेदेखि काठमान्डाैँकाे गाेल्खुपाेखु स्थित साेह्रखुट्टेमा डेरा गरि बस्दै आएका थिए ।
साेहि डेरागरी बस्दै आएकाे काेठाबाटै हराएकाे संगै बस्ने धर्मदेबकाे दिदी पार्वती चाैधरीले बताउनुभयाे ।
उहाँका अनुसार दिदिभाई संगै बस्दै आउनुभएकाे थियाे ।मंगलवार बिहान काेठा बाहिर निस्केकोले शाैचालय अथवा घाम तप्दै हाेला भन्ने लागेपनि अहिलेसम्म सम्पर्कमा नआएपछि भाई बेपत्ता भएकाे धर्मदेबकाे दिदी पार्वती चाैधरीले जानकारी दिनुभयो।
धर्मदेबले चलाउदै आएकाे माेवाईल फाेन समेत काेठामै छाेडेर बेपत्ता भएका छन।
उहाँले भाईलाइ फेला पार्नुहुने महानुभाबले ९८२४९८७४३४ वा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन अनुरोध गर्नुभएको छ ।