२०८१ बैशाख ५ गते बुधवार

उरहरीकाे डबरा बस्ती जाने सडकमा पक्की  नाला निर्माण



दाङ,१८ पुस

तुल्सिपुर उपमहानगरपालीका वडा नं  ११ ले निर्माणकाे कामलाई तिव्रता दिएकाे छ ।

तुलसीपुर ११ काे उरहरी डबरा बस्ती जाने सडकमा २ सय ५० मिटर पक्की  नाला निर्माण भएकाे छ । साेही सडकमा भत्किएको कलभर्टकाे पुननिर्माण समेत गरीएकाे निर्माण समितिका अध्यक्ष  घनश्याम डाँगीले बताउनुभयाे ।

यस्तै सडककाे स्तराेन्नतीका लागि ३० थान जाली लगाईएकाे छ ।  सडकमा नाला नहुँदा आउजाउ गर्न सास्ती खेप्नु पर्ने समस्याकाे समाधान भएकाे निर्माण समिती सचिव अमर रानाले जानकारी दिनुभयाे ।

जनताका सामु निर्वाचन अघि गरेका प्रतिबद्धता अनुसार डायरी हेरेरै काम गरीरहेकाे वडा अध्यक्ष मान वहादुर रावतले बताउनुभयाे ।

कुल १२ लाख रूपैयाकाे लागतमा उरहरी डबरा बस्ति जाने सडकमा पक्की नाला,कल्भर्टकाे पुननिर्माण तथा जाली लगाउने काम भएकाे उहाँले बताउनुभयाे।

बुधबार वडा अध्यक्ष मानवहादुर रावत,वडा सचिव पदम भण्डारी सहितकाे टाेलीले अनुगमन समेत गरेकाे छ ।

 

 

प्रकाशित मिति : २०८० पुष १८ गते बुधवार