२०८१ जेष्ठ १६ गते बुधवार

विज्ञान शिक्षक समाज तुलसीपुरको अध्यक्षमा रुपेश गुप्ता चयन



दाङ,२१ पुस ।

त विज्ञान शिक्षक समाज नेपालको पश्चिम क्षेत्र स्तरीय समिति दाङको प्रथम अधिवेशन आज (शनिवार) तुलसीपुरमा सम्पन्न भएको छ ।

पश्चिम क्षेत्र स्तरीय समिति अन्तर्गत तुलसीपुर उपमहानगरपालिकामा नयाँ कार्य समिति चयन गरेको छ ।

अधिवेशनबाट  दीपेन्द्र मा. वि. मानपुरका प्रधानाध्यापक एवम् विज्ञान शिक्षक रुपेश गुप्ता अध्यक्षमा चयन हुनुभएको छ।

समितिकाे उपाध्यक्षमा नारायण बस्नेत, सचिवमा दीपक ओली,सह- सचिवमा सुशील गिरी र कोषाध्यक्षमा शरद देवकोटा चयन हुनुभएको छ ।

विज्ञान शिक्षक समाज नेपालको पश्चिम क्षेत्र स्तरीय समितिका अध्यक्ष नारायण भट्टराईको अध्यक्षता तथा स्टानका केन्द्रिय बरिष्ठ उपाध्यक्ष विकास गौतमकाे प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियोे  ।

विज्ञान शिक्षक समाज नेपालको पश्चिम क्षेत्र स्तरीय समितिका उपाध्यक्ष थानेश्वर आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको यस कार्यक्रममा गिरिराज लम्साल, भोजराज न्यौपाने, विष्णु भण्डारी , मानबहादुर बस्नेत, विष्णु देवकोटा लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रमकाे सहजिकरण निवर्तमान सचिव रुपेश गुप्ताले गर्नुभएको थियो।

प्रकाशित मिति : २०८० पुष २१ गते शनिवार