२०८२ बैशाख ९ गते मङ्गलवार

ब्रा र कट्टुमा सुन लुकाएर ल्याउने श्रीलंकन महिला पक्राउ 



                        फाईल तस्बिर

काठमाडौं,२२ पुस ।

दुबईबाट अवैध सुन ल्याउने महिला श्रीलंकन नागरिक भएको खुलेको छ । गएराति १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४५ वर्षीया श्रीलंकन महिला कान्ति माथी कावास्कर पक्राउ परेकी हुन् ।

फ्लाई दुबईको उडान नम्बर एफजेड ५७३ बाट काठमाडौँ आएकी उनी त्रिभुवन विमानस्थलमा मध्यराति १२ बजेर ५ मिनेटमा अवतरण भएकी थिइन् ।

अवैध सुन लिएर विमानस्थल पास हुने प्रयासमा रहेकी उनी चेकजाँचका क्रममा १ किलो ३०० ग्राम सुनसहित पक्राउ परेको विमानस्थलका डीआईजी अर्जुन चन्दले जानकारी दिनुभयाे ।

उनले लगाएको ब्राभित्र प्लाष्टिकले बेरेको अर्धठोस सुन ल्याएको खुलेको छ । यस्तै लगाएको कट्टुभित्र पनि स्प्रे गरेर थप सुन ल्याएको फेला परेको चन्दले बताउनुभयाे ।

ब्राभित्र दुई पोका बनाएर राखिएको सुनको तौल ५०० ग्राम र कुट्टुभित्र थप ८०० ग्राम गरेर कुल १ किलो ३०० ग्राम सुन फेला परेको उहाँले बताउनुभयाे । राताेपाटीमा खवर छ ।

प्रकाशित मिति : २०८० पुष २२ गते आइतवार