२०८१ बैशाख ५ गते बुधवार

सल्यानमा बँदेलको आक्रमणबाट बालक घाइते



सल्यान, २२ पुस ।
सल्यानमा बँदेलको आक्रमणबाट एक बालक घाइते भएका छन् । बँदेलको आक्रमणबाट सिद्धकुमाख गाउँपालिका-५ दहगाउँका १४ वर्षीय सन्दीप विक घाइते भएका हुन् ।

घरनजिकै जंगलमा बाख्रा चराउन गएको बेला उहाँलाई हिजो शनिबार बेलुका बँदेलले आक्रमण गरेको थियो ।

घाइते बालकको कामना अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले बताउनुभयो ।

बालकको बाँया खुट्टा र हातमा गहिरो चोट लागेको छ ।

प्रकाशित मिति : २०८० पुष २२ गते आइतवार