२०८२ कार्तिक २९ गते शनिवार

छिल्लिकाेटकाे संरक्षणका लागि पैतिस लाख वजेट विनयाेजन



                      तस्विर :कुलदिप न्यौपाने

दाङ, २४ पुस ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर-१९ मा रहेको धार्मिक एवं पर्यटकिय ऐतिहासिक स्थल छिल्लिकोटकाे  संरक्षण तथा प्रबर्द्धन गर्न नेपाल पर्यटन बाेर्डले चासाे देखाएकाे छ।

पर्यटकीय गतिविधिका लागि न्युनतम भाैतिक पुर्वाधारकाे बिकास गर्न स्थानीय  सराेकारवालाकाे समेत सहभागीतामा छिल्लिकाेटकाे विकास गरीने भएकाे छ ।

छिल्लिकाेटकाे कालिका मालिका क्षेत्रकाे संरक्षण तथा प्रबर्द्धन गर्न चालु वर्षमा नेपाल पर्यटन बाेर्डडवाट तीस लाख रूपैया विनयाेजन भएकाे तुलसीपुर उपमहानगरपालीका वडा नं १९ का अध्यक्ष प्रेमनाथ याेगीले बताउनुभयाे।

यस्तै छिल्लिकाेट पुग्न चाेरकाेटदेखि मालीका मन्दिरसम्म सिढी निर्माण गरीने भएकाे छ  ।सिढी निर्माणका लागि  पाँच लाख रूपैया विनियोजन भएकाे अध्यक्ष  याेगीले बताउनुभयाे।

तुलसीपुर उपमहानगरपालीका भित्र रहेका अन्य वडाहरूकाे तुलनामा १९ नं वडाकाे बिकट क्षेत्र रहेपनि सबैक्षेत्रकाे सहयाेगले दाङकै पर्यटकीय क्षेत्रकाे चिनारी बनाउने गरि काम भैरहेकाे अध्यक्ष याेगीले बताउनुभयाे।

छिल्लीकोटमा बास बस्नको लागि होमस्टेको व्यबस्था पनि रहेको छ । ऐतिहासिक एवं धार्मिकस्थल मालिका कालिकाको मन्दिर तथा विश्वकै दुर्लभ वनस्पति सुगन्ध कोकिलाको मनोरम वनले छिल्लीकोट प्रख्यात छ ।

पर्यटकहरुले मालिका कालिकाको मन्दिर दर्शन, छिल्लीकोटे राजाको ऐतिहासिक दरबारको भग्नावशेष, भ्युटावरबाट दृश्यावलोकन, उत्तरी हिमशृङ्खलाहरुको मनोरम परिदृश्य, मालागेडीको बन, चराचुरुंगीहरुको मधुर स्वरलगायत थुप्रै प्राकृतिक मनोरम दृश्यहरुको अवलोकन गर्न पाउने छन् । छिल्लिकोट तुलसीपुरबाट करिब १८ किमि पूर्व उत्तरमा रहेको छ ।

प्रकाशित मिति : २०८० पुष २४ गते मङ्गलवार