२०८१ असोज २७ गते आइतवार

स्थानीय सरकार चनाखाे नहुदाँ चाेककाे विवाद



मेराे स्मरणमा २०५६/५७ साल तिर हुनुपर्छ तुलसीपुर नगरपालिकाका तत्कालीन मेयर ढुण्डीराज लामिछानेको कार्यकालमा अहिलेकाे “क” लाइन तिर जेसिस चाेक भनिएको ठाउँ पुष्पलाल चाेक, बाहिनी चाेक भनिएको ठाउँ नेत्रलाल अभागी चाेक, त्यसैगरी क्रमशः मदन-आश्रीत चाेक अनि गुम्राह चाेक नामाकरण गरि बाेर्ड समेत राखिएको थियोे

तुलसीपुरकै “ख” लाइनकाे सुरुवातमा चन्द्रमान थकाली चाेक राखेकाे मलाई स्मरण छ । बाँकी याद भएन ।

लामाे समय स्थानीय निकाय जनप्रतिनिधि बिहिन हुनु र स्थानीय तह बनिसकेको बर्षाै हुदाँ पनि ती पुराना नामाकरण भएका चाेककाे संरक्षण र प्रवर्द्धनमा स्थानीय सरकार चनाखाे नहुदाँ चाेककाे विवाद आएको हाे जस्तो लाग्छ ।

दुई बर्ष अगाडि राप्रपाले गणपति तेल मिल नजिकै बुद्ध चाेक र एयरपोर्ट नजिकै पृथ्वीनारायण शाह चाेककाे बाेर्ड राखेका छन्।

राप्रपाले बाेर्ड राखेको चाेक पनि सम्मान गर्न लाएक नै छन् । एउटै शहरमा प्रत्येक चाेक पृथ्वीनारायण शाहकै नाममा राख्दै जादाँ राष्ट्रिय विभूति पृथ्वीनारायण शाहकै गरिमा घट्छ कि? त्यतातिर पनि ध्यान दिन जरुरी छ ।

मेराे विचारमा तुलसीपुरको भुगाेल र बाटोकाे बारेमा जानकारी गराउन स्थानीय सरकारले बाँकी चाेक र सडकमा पनि छिटो भन्दा छिटो प्रत्येक चाेक र पथ काे नाम ताेकिनुपर्छ । र ती चाेक र पथकाे संरक्षण गर्ने जिम्मा वडाको समन्वयमा टाेल विकास संस्थालाई दिनुपर्ने देख्छु ।

चाेक र सडकको नामाकरण गर्दा स्थानीय पहिचान, राष्ट्रिय विभूति, लाेकतन्त्र र गणतन्त्र प्राप्तिका लागि प्राण आहूति गर्ने सहिद, आफ्नो ठाउँ र राष्ट्रका लागि याेगदान दिएका महानुभावकाे नाममा नामाकरण गर्दा उपयुक्त देखिन्छ ।

कतिलाई लाग्न सक्छ नाम र मुर्ति ले विकास हुदैन ! नाम र मुर्ति विकासका लागि नभएर ठाउँको पहिचानको लागि हाे । शहरीकरण हुदै जादा त्याे अति आवश्यक पनि छ ।

प्रकाशित मिति : २०८० पुष २५ गते बुधवार