२०८१ भाद्र २२ गते आइतवार

भान्सालाई विषमुक्त बनाउनेबारे चिन्ता



तुलसीपुर,४ माघ ।
हरेक घरमा क्यान्सर,सुगर, प्रेसर लगाएतका समस्या भएका बिरामी बढ्दै गएको कृषि विज्ञले बताएका छन् । दैनिक उपभोग गर्ने खाद्यवस्तुमा रासायनिक मल र विषादीको प्रयोगले उत्पादन धेरै हुने आम किसानको बुझाई भएपनि मानव स्वास्थ्यमा भने प्रत्यक्ष असर गरिरहेको कृषि तथा भुमि व्यबस्था मन्त्रालय लुम्बिनी प्रदेशका कृषि प्रसार अधिकृत अनिल बनियाले बताउनुभयो ।

उहाँले लामो समयसम्म एक बाली लगाउनुभन्दा हरेक वर्ष परिवर्तन गरे उत्पादन बढाउन र प्राङगारीक खेती बालीलाई व्यवस्थापन गर्न सकिने बताउनुभयो ।

बालीमा सामान्य समस्या देखिदा वित्तिकै बिषादि किन्न एग्रोभेट कुदिहाल्ने समस्या रहेको कृषि पत्रकार कृष्ण खनालले बताउनुभयो । ‘किसान अत्यन्त चलाख भैसकेका छन् । घरमा प्रयोग गर्ने तरकारी अर्गानिक उत्पादन गर्छन् तर सोहि किसानले बिक्री गर्ने उत्पादन भने बिषादी प्रयोग गरेर बजारमा पठाउनु अर्को समस्या छ ।’ उहाँले भन्नुभयो–‘भान्सामा हामी बिष त पकाईरहेका छैनौँ ?’


पर्यावरणीय दिगो विकास एवम् अनुसन्धान केन्द्र दाङको आयोजनामा तुलसीपुरमा भएको अर्गानिक कृषि पत्रकारिता सम्बन्धि तालीममा सहभागिहरूको प्रश्न थियो ।

अर्गानिक भन्ने मापदण्ड नै नहुँदा समस्या रहेको पत्रकार अमरक्षितिज भण्डारीले बताउनुभयो । स्थानिय,प्रदेश र संघिय सरकारले किसानका लागि विशेष योजना नल्याउँदा किसान उत्साहित नभएको उहाँको भनाई थियो ।

मुक्त कमलहरीहरूले सञ्चालन गरेको गन्यारी कृषि सहकारी संस्थाका अध्यक्ष लक्ष्मी चौधरीले संस्थाले अर्गानिक खेति प्रणालीलाई जोड दिएको बताउनुभयो । यसवर्ष तिल्कि धान खेती गरेकोमा राम्रो उत्पादन भएको उहाँले बताउनुभयो ।

नेपाल पत्रकार महासंघ दाङका सह–सचिव दिप्तिशिखा चौधरीले अर्गानिक उत्पादनका लागि किसानलाई सचेतना फैलाउनुपर्ने आवश्यक्ता रहेको बताउनुभयो ।

पर्यावरणीय दिगो विकास एवम अनुसन्धान केन्द्र दाङको आयोजनामा एक दिने अर्गानिक कृषि पत्रकारीता तालिम भएको हो ।

केन्द्रका अध्यक्ष डिल्ली बहादुर रावतको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालीकाका नगर प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

नगर प्रमुख खड्काले अर्गानिक उत्पादन बजारमा भजाउने काम मात्र भैरहेको बताउनुभयो ।

अर्गानिक भनेर बजारीकरण गर्ने तर उत्पादन गर्दा रासायनिक मल र विषादिको अत्यधिक प्रयोग गर्ने किसानको दोहोरो चरित्रले पनि समस्या अझैँ दिनप्रतिदिन बढेको उहाँको भनाई छ ।

नगर प्रमुख खड्काले बिषादिको कारण मानव स्वास्थ्यमा पर्ने असर, उत्पादनका लागि अपनाउने तरीका र बजारीकरणमा सहयोग पु¥याउन पत्रकारहरूलाई कलम चलाउन आग्रह गर्नुभयो ।

अर्गानिक कृषि खेतिमा किसानलाई जोड दिने उद्देश्यले तालीमको आयोजना गरिएको पर्यावरणीय दिगो विकास एवम अनुसन्धान केन्द्र दाङका अध्यक्ष डिल्ली बहादुर रावतले जानकारी दिनुभयो ।

पत्रकार,व्यसायीक किसान, सहकारीकर्मी लगाएत २५ जना प्रशिक्षाार्थिहरूको सहभागीता रहेको थियो ।

प्राङगारीक कृषिको महत्व र आवश्यक्ता तथा कृषि पत्रकारीताका विषयमा तालिम प्रदान गरिएको हो ।

तालिमको प्रशिक्षकहरूमा कृषि तथा भुमि व्यबस्था मन्त्रालय लुम्बिनी प्रदेशका कृषि प्रसार अधिकृत अनिल कुमार बनिया र कृषि पत्रकार संघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण खनाल रहनुभएको थियो । उद्घाटन कार्यक्रमको सहजिकरण केन्द्रका सचिव मेनका शर्माले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८० माघ ४ गते बिहिवार