२०८१ भाद्र २२ गते आइतवार

किताबका पानामा मात्र पढेका विद्यार्थी स्कुल छोडेर थारुगाँउ पुगे



तुलसीपुर, ६ माघ । कृतिका डाँगी गोर्खा माविमा ब्यवस्थापन संकायतर्फ कक्षा १२ मा पढ्छीन् ।वर्षभर कक्षाकोठामा पढेर सिद्धान्तमा पोख्त भएका कृतिका जस्तै गोर्खा स्कुल तुलसीपुरका २ सय २५ जना विद्यार्थीहरु शुक्रवार स्कुलको कक्षा कोठामा पढ्न गएनन ।

अन्य दिन भन्दा मौसम अलि चिसो थियो । उनीहरु बिहानै बस चढेर स्कुल पुग्नुपर्ने ठाँउमा व्यवहारीक कक्षा लिन तुलसीपुर–१० पढ्ढामा रहेको सानो गाँउमा पुगे ।कृतिकाले नालौ अनुभव सुनाइन ।घरमा आगो बालीदैन्थ्यो ग्याँसपो बाल्छौ ।आज आगो बालेर भान्सा गर्यौै कती रमाइलो भयो ।

  

घरमा पुर्सदको समयमा सकेजती परिवारलाई सहयोग पनि गर्छीन । उनले घरमा भान्सा देखी सरसफाई लगायतका काममा सघाउदै आएको बताइन । सवै समुदायका ब्यक्तीलाई उत्तीकै सम्मान गर्छिन । थारु समुदायका धेरै साथीहरुसंग उनको संगत पनि छ । तर थारु समुदाएको संस्कार र संस्कृतिका वारेमा भने उति जानकार थिइनन ।
साथीहरुले ल्याएका ढिग्री विशेष चाडमा मालुका पातमा खुटेको टपरीमा भने खाएकी थिईन् । तर उनलाई बनाउने तरिकाबारे थाहा थिएन । उनले शुक्रबार ढिग्री बनाउने उपायबारे सिकिन् । तेतीमात्र होइन साथीहरुसंग लामबद्ध बसेर मालुका पातको टपरी खुटे ।

थारु समुदायमै पुगेर ढिग्री बनाउनेबारे सिक्न पाउँदा खुशी लागेको बताईन् । ‘ढिग्रीमात्रै होइन्, दुना टपरी बनाउन पनि सिक्ने अवसर प्राप्त गरेकी छु ।’ उनले भनिन्’‘अब घरमा गएर पनि दुना टपरी लगाउनेमात्रै होईन ढिग्री पनि बनाउँछु ।

सन्दिप रेग्मी पनि कक्षा १२ मा गोर्खा मावि तुलसीपुरमै पढ्छन् । उनले पनि शुक्रबार ढिग्री बनाउने देखि थारु समुदायको कला, संस्कृतिबारे जान्ने मौका पाए ।

तुलसीपुर-१० पड्ढा साथीसंगै पुगेका थारुहरुको संस्कार रसंस्कृति संगै र ढिग्री बनाउन् सिकेको बताए । ‘विद्यालयले गाउँमै ल्याएर पढाएको छ ।’ उनले भने’‘कक्षा कोठामा सिकेको भन्दा सम्बन्धित ठाउँमा आएर पढ्दा धेरै कुरा सिक्ने मौका पाएँ ।’

विद्यार्थीलाई ढिग्री बनाउने तरीकाका बारेमा भने स्थानीय सीता चौधरीले सिकाईन् । तुलसीपुर-१० पड्ढाकी सीताले विद्यार्थीलाई आफ्नो ज्ञान सिकाउन पाउँदा खुशी लागेको बताईन् । उहाँले विद्यार्थीलाई थारु कला, संस्कृतीबारे पनि सिकाउने मौका पाएको बताउनुभयो ।

विभिन्न समुहमा बिभाजन गरेर काममा खटेका विद्यार्थीहरु कोही ढिग्री बनाउदै थिए भने कोही टपरी खुट्दै देखीन्थे । स्थानीय थारु अगुवासंग थारुको संस्कार र संस्कृतिका वारेमा जानकारी लिइरहेका थिए । सानो बारीमा चिटिक्क ब्यवस्थापन गरेर आयोजना गरीएको कार्यक्रममा स्थानीय नाँच संग मिसीएको विद्यार्थीहरुको सामुहिक नृत्यले झनै माहोल तातेको थियो । जसवाट विद्याथीहरुले किताबमा पढेको कुरा भन्दा ब्यवहारमा  फरक महशुस गरीरहेका थिए ।

गोर्खा मावि तुलसीपुरका व्यवस्थापन संकायका संयोजक डम्बर डाँगीले विद्यार्थीलाई सामाजिक मूल्य मान्यता, धर्म , संस्कृतिको बारेमा जानकारी दिन गाउँमै पुग्ने गरेको बताउनुभयो ।विगतका वर्षहरमा विद्यार्थीलाई विभन्नि धार्मीक क्षेत्रमा अवलोकन गराउने गरेकोमा यसवर्ष भने संस्कृती र परम्परा बुझाउन थारु गाउँमा लगेको बताउनुभयो ।
दाङ्ग थारु जातीहरुको बसोवास बाहुल्य रहेको जिल्ला हो । सामाजिक विषयमा विभिन्न जातजातीका कला,संस्कृति,भेषभुषा,रहनसहनका विषयमा कितावका पानामा मात्र पढाउने गरीएको छ ।

सैद्धान्तिक रुपमा मात्र प्रदान गरेको ज्ञान अपुरो हुने भन्दै प्रत्यक्ष रुपमा विद्यार्थी फिल्डमै उपस्थित गराएर सिकाउदा विद्यार्थीलाई व्यवहारीक शिक्षा प्राप्त हुने  भएकाले पढ्ढाको सानो गाँउमा लगीएको संयोजक डाँगीले बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक बिजयमान जिएमले बालबालिकालाई व्यवहारिकरुपमै ज्ञान सिप दिनका लागि गाउँमा आइपुगेको र यसपटक थारु समुदायको संस्कृती र परम्पराबारे स्थानीय थारु अगुवाबाटै बुझाएको बताउनुभयो । ‘सैद्धान्तिक कुराहरुले मात्रै भन्दा पनि व्यवहारिकरुपमा ज्ञान प्रदान गर्न विद्यार्थी गाउँमै आइपुगेका छन् ।’ उनले भने’‘आगामी दिनमा थप विषयमा अध्ययन अवलोकन गराउने छौँ ।’

प्रकाशित मिति : २०८० माघ ६ गते शनिवार