
तुलसीपुर,६ माघ ।
तुलसीपुरको एउटा चोकको नाम हरेक साता परिवर्तन हुन थालेको छ । तुलसीपुर बजारको मूख्य चोकहरुमध्य विरेन्द« चोक,विपि चोक,जेसीज चोक, बाहिनी चोक र मदन आश्रीत चोकको नाम जन जिव्रोमा छ । जसमध्य बाहिनी चोक भने हरेक साता नयाँ नामले चिनिन थालेको छ ।
चोकलाई विवादमा ल्याउने कामको बिजारोपण भने तुलसीपुर उपमहानगरपालीका आफैले गरेको देखिन्छ । मिति २०८० साल जेठको ७ गते तुलसीपुर उपमहानगरपालीकाले जारी गरेको च.न ५३३१ को पत्रानुसार राष्ट्रिय शक्ति नेपाल तथा नागरीक अभियान दाङ्गलाई सम्वोधन गरी लेखेको पत्रमा नगरप्रमुख टिकाराम खड्काले हस्ताक्षर गरेका छन ।
जुन पत्र चोकको विवाद भएपछि मात्रै ७ महिनापछी सामाजीक सञ्जालमा एकाएक भाईरल बन्यो । पत्रमा तुलसीपुर उपमहानगरपालीकाको मिति २०७९ फागुन २६ गते बसेको नवाँै कार्यपालीकाको बैठकवाट अनुमती दिएको उल्लेख छ ।
पत्रममा तुलसीपुर उपमहानगरपालीका वडा नं ५ सिद्धार्थ टोल र चाँदनी टोल विकास संस्था अन्तरगत बाहिनी चोकमा पृथ्वी नारायण शाहको शालिक स्थापना गर्न अनुमती दिने निर्णय भएको लेखीएको छ । चोकको नामाकरणका लागी अनुमति दिएको ब्यहोरा भने पत्रमा कतै उल्लेख गरेको देखिदैन । पत्रमा पृथ्वीनारायण शाहको शालिक बाहिनीचोकमा स्थापना गर्न अनुमती छ । तर केहि युवाहरुले चोकको नामनै पृथ्वीनारायण चोक नामाकरण गर्ने गरी बोर्ड राखेपछि मूख्य रुपमा चोकको विवाद यहीवाट सुरु भएको देखिन्छ । अनुमती बेगरको काम गर्दा उपमहानगरपालीका विवाद मिलाउनुको साटो मौन बस्नु झनै गैह्रजिम्मेवार देखीन्छ ।
हेर्नुहोस अनुमति दिएको पत्र
यही शालिक स्थापना गर्ने आशयको पत्रलाई आधार मानेर चोकको नाम नै परिवर्तन गर्ने प्रयास भयो । प्रयास स्वरुप पुस २१ गते तुलसीपुरको बाहिनी चोकमा केहि युवाहरुको समुहले पृथ्वीनारायण चोक नामकरण गरेर बोर्ड राखे। लगत्तै तुलसीपुरमा आफुखुुशी चोकको नामाकरण गर्न नपाइने भन्दै वडा नम्बर ६ का अध्यक्ष दुजमान भण्डारीले गम्भिर ध्यानाकर्षण भएको जनाउनुभएको थियो । बोर्ड समेत हटाइएको थियो । चोकको नाम राख्ने स्थानीय पालिकाको काम भएकोले व्यक्तिले आफुखुशी नाम राख्न नपाउने उहाँको भनाई थियो । भण्डारी अहिले पनि यो भनाईमा अडीग देखीनुभएको छ ।
यो हेर्नुहोस बाहिनी चोकमा राखीएको पृथ्वीनारायण चोक निर्माण स्थल लेखीएको बोर्ड
यसरी चोकको नाम परिवर्तन भएपछि सामाजिक सञ्जालमा चोक बिवाद दिनप्रतिदिन तातीदै गएको छ । यस अघि आफनो वडाभित्र पर्ने बिभिन्न स्थानमा जथाभावी नामाकरण गरेर राखीएका बोर्ड हटाइ छाड्ने उद्घोष गरेका वडा अध्यक्ष भण्डारीले अन्ततः पुस २५ गते दिउसो तुलसीपुर उपमहानगरपिालीकाका बजार ब्यवस्थापकहरुको सहयोगमा बोर्ड हटाइछाडे । पृथ्वीनारायणको नाम हटाएर त्याहाँ नेत्रलाल चोक नामाकरण समेत गरीयो ।
नवौ दिनमा फेरी सहिद भए नेत्रलाल
बाहीनीचोकमा पृथ्वी नारायण शाहको नामाकरण गरेर राखीएको बोर्ड हटाए पछि विवाद थप चुलीदै गयो । चोक विादकैविच नेत्रलाल चोक नामाकरण गरएिको ब्यानर राखीएको थियो । सोही ब्यानर पनि नवौँ दिनमा फालेपछि नेत्रलाल फेरी शहिद भएका छन । रोट्याक्ट क्लब अफ र रोटरी कल्व तुलसीपुरका पदाधीकारीले नेत्रलाल चोक लेखीएको ब्यानर माघ ४ गते विहिवार साँझ हटाएका हुन ।
चोकको नाम जे राखेपनी कल्वको कुनै आपती छैन :महासचिव शर्मा
बिगत चार वर्ष अघि तुलसीपुरको बाहिनी चोकमा सवारी दुर्घटना हप्तामै ३ वटा भन्दा बढी हुन थाले । यसरी हरेक समय भइरहने सवारी दुर्घटना कसरी न्युनिकरण गर्न सकिन्छ ? भन्ने सवैको चासो र चिन्ताको विषय बन्यो । तत्कालीन रोटरी कल्व तुलसीपुरका अध्यक्ष शुरेस हमाल र रोट्याक्ट क्लब अफ तुलसीपुरका अध्यक्ष प्रमिस लामीछानेकोे नेतृत्वमा जनप्रतिनिधि सहितको छलफलमा आईल्याण्ड राख्ने निर्णय बमोजिम त्याहाँ निर्माण गरएिको रोटरी कल्व तुलसीपुरका महासचिव रुपेश शर्माले बताउनुभयो ।
चोक नामाकरणका सन्दर्भमा नाम जे राखेपनि कल्वको कुनै विमती नरहेको बताउनुभयो । सवारी दुर्घटना न्युनिकरणका लागी निर्माण गरेको आईल्याण्डमा नानाथरी नामाकरण गरेर हैरान पारेको भन्दै उहाँहरुले नेत्रलाल चोक लेखेको व्यानर हटाइदिन तुलसीपुर उपमहानगरपालीकालाई आग्रह समेत गर्नुभएको थियो । उपमहानगरकै सल्लाह बमोजिम नेत्रलाल चोक लेखीएको व्यानर माघ ४ गते विहिवार साँझ हटाएर रोट्याक्ट र रोटरीको ब्यानर राखीएको शर्माले बताउनुभयो ।
निर्णय अहिले गायब भएको छ :अध्यक्ष भण्डारी
नेत्रलाल नामाकरण गरएिको ब्यानर हटाइएपछि तुलसीपुर उपमहानगरपालीका वडा नं ६ का अध्यक्ष दुजमान भण्डारीले सामाजीक सञ्जालमार्फत आफनो धारणा सार्वजनिक गर्नुभएको छ । बजारका मुख्य चोकहरूको नामाकरण वि.स २०५४ सालमा निर्वाचित जनप्रतिनिधिको कार्यपालिका र नगर परिषदले गरेको छ । सबैलाई यो जानकारी हुँदाहुँदै पनि सबै चुप छन् । हाल बाहिनी चोकले चिनिने चोकलाई नेत्रलाल चोक, जेसिसले आईल्याण्ड राखेको चोकलाई पुष्पलाल चोक, सुनिल स्टेशनरी नेरको चोकलाई गणेशमान चोक, तुलसि बोडिङ चोकलाई चन्द्रमान थकाली चोक नामकरण गरिएको थियो ।
यसको निर्णय अहिले गायब भएको छ । तर तत्कालीन जनप्रतिनिधि र कर्मचारीलाई संग जानकारी लिदा समेत कुरा प्रस्ट हुन्छ । वि.स २०५४ को निर्णयलाई कार्यान्वयन गर्नमा ढिलाई गरे समस्या झनै बल्झिने छ । यदि निर्णय नभेटिएपनि यहि अनुसार निर्णय गरि अगाडि बढ्नुमा सबैको हित हुनेछ ।