२०८० फाल्गुन १३ गते आइतवार

विहे नहुदै श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ



सल्यान,८ माघ ।
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन् । सल्यानको छत्रेश्वरी गाउँपालिका–५ लेखपोखरा ढाउडारा निवासी अन्दाजी २३ बर्षिय मोहन पुनलाई  श्रीमतीको कुटपिट गरि हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

आरोपितले मंसिर १० गते विहे गर्ने भनेर घरमा ल्याएको बुझिएको छ । सामाजिक परम्परा अनुसार विहे नभएपनि उनीहरु एउटै घरमा बस्दै आएका थिए। उनीहरुका विचमा झैझगडा भएको र श्रीमानको कुटपिटबाट श्रीमतीको हत्या भएको खुल्न आएको प्रहरीको भनाइ छ । प्रहरी अहिले घटनास्थलमा रहेको छ भने घटनाका बारेमा थप अनुसन्धान भैरहेको छ ।

प्रकाशित मिति : २०८० माघ ८ गते सोमवार