
तुलसीपुर,८ माघ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ काे वडा कार्यालयकाे भवन उद्घाटन गरिएको छ । भवनकाे उद्घाटन तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले गर्नुभएको हाे ।
नवनिर्मित पक्कि ४ काेठे भवन
वडाले करिब ७ वर्षपछि आफ्नो भवन पाएकाे हाे । वडाकाे प्रशासनिक भवन बनेपछि सेवा प्रवाहमा सहजता आउने वडा अध्यक्ष माेहन पाैडेलले बताउनुभयाे ।
निवर्तमान नगरप्रमुख घनश्याम पाण्डे, तुलसीपुर-७ का अध्यक्ष रामबहादुर जिसी, नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का सभापति जगत बहादुर खड्का, रेडक्रस दाङका उपसभापति हरिहर पाैडेल,नेकपा समाजवादी प्रदेश कमिटी सदस्य यम कुमारी खड्का लगायतले मन्तवय राख्नुभएकाे थियाे ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालीकाका प्रबक्ता तथा १८ नं वडाका अध्यक्ष माधव वली, ७ नं वडा अध्यक्ष रामबहादुर जिसी,२ नं वडा अध्यक्ष भिम बहादुर याेगी,८ नं वडा अध्यक्ष धर्मराज वली,१२ नं वडा अध्यक्ष खुशिराम चाैधरी लगाएतकाे सहभागिता रहेकाे थियाे।
तुलसीपुर उपमहानगरपालीकाकाे विकट वडाका रूपमा हेरीने १३ नं वडामा ६ हजार जनसंख्या रहेकाे छ । गतवर्षकाे ४३ लाख विनयाेजित बजेटवाट ४ काेठाकाे भवन निर्माण गरीएकाे वडा सचिव चन्द्र बहादुर डाँगीले बताउनुभयो । नवनिर्मित भवन उद्घाटन भएसंगै पानी चुहिने समस्या भएकाे पुरानाे जिर्ण भवनवाट सेवा दिने बाध्यता हटेकाे छ ।
पुरानाे वडा कार्यालय भवन
उद्घाटन कार्यक्रमकाे सहजिकरण पत्रकार देविराम कुसारीले गर्नुभएकाे थियाे ।