२०८१ असोज १८ गते शुक्रवार

पशुपति माविको अध्यक्षमा अधिकारी चयन



तुलसीपुर,९ माघ ।
तुलसीपुर–१२ हरिपौरीमा रहेको पशुपति मा.विमा विद्यालय व्यवस्थापन समिति गठन गरीएको छ ।
लामो समयदेखी व्यवस्थापन समिति विहनि रहेको पशुपति मा.वि हरीपौरीको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा खगेन्द« अधिकारी चयन हुनुभएको विद्यालयका प्राधानाध्यापक राधा चौधरीले जानकारी दिनुभयो ।

समितिको सदस्यहरुमा कमला आचार्य,गीता डाँगी र कुलबहादुर ओली चयन हुनुभएको छ ।
यस्तै समितिको मनोनित सदस्यहरुमा कमल कुसुम आचार्य,किरण कुमारी खड्का,सूर्यबहादुर डाँगी(मेयर प्रतिनिधि) तथा शिक्षक प्रतिनिधिमा पूर्ण बहादुर ओली रहनुभएको छ।

यस अघि गठित समितीको अध्यक्षमा पनि अधिकारी नै अध्यक्ष रहनुभएको थियो ।
अधिकारी अध्यक्ष रहेको समिति गठन गर्दा अभिभावक भेला,पहिलो र दोस्रो वैठक एकै मितिमा सम्पन्न गरेपछी उच्च अदालतमा अमृत बहादुर चौधरीले मुद्धा दायर गर्नुभएको थियो ।
चौधरीले दायर गरेको मुद्धामा स्थानीय नगर शिक्षा ऐन विपरीत निर्णय भएको भनि समिति वदर भएको थियो । ३ वर्षे कार्यकालका लागी गठन भएका समिति ३ महिनामै विघटन भएको थियो ।

नगर शिक्षा ऐन अनुसार अभिभावक भेला मार्फत ४ जना सदस्य चुन्ने व्यवस्था छ । अभिभावक भेला बसेको मितिले ७ दिनभित्र पहिलो वैठक बसीसक्नुपर्ने नगर शिक्षा ऐनमा व्यवस्था रहेको तुलसीपुर शिक्षा महाशाखाका प्रास मदन देवकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार पहिलो वैठकमा अध्यक्ष सहित मनोनीत सदस्यहरु चयन गरीन्छ । पहिलो वैठकवाट कुनै कारणवस चयन नभएमा अर्को बैठक बसेर निर्णय गर्न सकिने व्यवस्था छ ।
नगर शिक्षा ऐनमा वडा अध्यक्ष पदेन सदस्य र प्रधानाध्यापक सदस्य सचिव रहने व्यवस्था छ ।

 

प्रकाशित मिति : २०८० माघ ९ गते मङ्गलवार