२०८० फाल्गुन १३ गते आइतवार

चिसोवाट जोगाउन चोक-चोकमा आगो



तुलसीपुर,९ माघ ।
तुलसीपुर उपमहानगरपालीका वडा नं ११ ले चिसो वढ्दै गएपछि विभिन्न स्थानमा आगो ताप्ने व्यवस्था मिलाएको छ ।
तुल्सिपुर–११ कोे उरहरी चोक,जनबहार चोक,जस्पुर प्रहरी चौकी, अमर मावि उरहरी ,वडा कार्यालय चोक लगाएतका ब्यस्त ठाउँमा आगो ताप्ने ब्यबस्था मिलाएको वडा अध्यक्ष मान बहादुर रावतले बताउनुभयो ।

सामुदायिक बनवाट प्राप्त सहयोग र बबई नदिले बगाएर ल्याएका ढलापरा दाउरालाई सदुपयोग गरेर वडा भित्र रहेका नागरीकलाई चिसोवाट जोगाउन चोक-चोकमा आगो ताप्ने व्यवस्था मिलाइएको अध्यक्ष रावतले जानकारी दिनुभयो ।

साथै उहाँले सहयोग गर्ने सामुदायिक बनका उपभोक्ता तथा पदाधिकारी लाई धन्यवाद समेत दिनुभएको छ।

 

प्रकाशित मिति : २०८० माघ ९ गते मङ्गलवार