२०८१ चैत्र १२ गते मङ्गलवार

बबई रनिङ शिल्डको उपाधी सरस्वती माबी चरकमटिया लाई



दाङ,१० माघ।

बबई गाउँपालिका अन्तर बिद्यालय स्तरिय १६ औ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० को उपाधी सरस्वती माबी चरकमटियाले जितेको छ ।

सरस्वती माबी चरकमटियाको आयोजना तथा बबई गाउँपालिकाको आर्थिक ब्यवस्थापनमा संचालित प्रतियोगितामा १२ स्वर्ण,९ रजत र ६ कास्य पदक हात पार्दै सरस्वती माबी चरकमटियाले रनिङ शिल्ड जितेको हो ।

त्यस्तै लगातार तीन वर्ष जित निकाल्दै शिल्ड कब्जा गरेको माबी पदमपुर १२ स्वर्ण, ७ रजत र १० कास्य पदकका साथ द्वितिय हुदा सरस्वती जनता माबी गङ्गटे ५ स्वर्ण,४ रजत र ५ कास्य पदकका साथ तृतिय भएको आयोजक बिद्यालयले जानकारी दिएकोछ ।

तीन दिन सम्म संचालन हुने प्रतियोगितामा पालिका स्तरका सामुदायिक तथा निजि बिद्यालय गरि १२ बिद्यालयको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८० माघ ११ गते बिहिवार