२०८१ कार्तिक २१ गते बुधवार

बेसारपानी पिउँदा फाइदै फाइदा



दाङ।

बिहान उठेपछि धेरैले मनतातो पानी पिउने गर्छन् । यसरी पानी पिउँदा शरीरलाई फाइदा पुग्छ । हल्का तातो पानीमा मह, कागती वा नुन मिसाएर पनि पिउने गरेको पनि पाइन्छ । तर, पछिल्लो समय भने कोभिड १९ बच्नका लागि धेरैले बेसार पानी पिउने गरेका छन् । जुन स्वास्थ्यका हिसाबले निकै राम्रो हो । बेसारले खानालाई आकर्षक र स्वादिलो बनाउने मात्रै नभई हाम्रो शरीरका विभिन्न समस्याबाट छुटकारा दिलाउन सहयोग गर्छ ।

मन तातो बेसार पानी पिउनुका फाइदाहरू

बेसारपानीमा एन्टिअक्सिडेन्ट बढी मात्रामा पाइने भएकाले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउनमा मद्दत गर्छ ।

रुघाखोकी निको पार्नुका साथै पेटसम्बन्धी समस्या हुनबाट बचाउँछ ।

घाँटी दुखेमा वा शरीरमा दुखाइ भएमा बेसार पानी पिउँदा राहत मिल्छ ।

छालासम्बन्धी केही समस्या भएमा पनि बेसारपानी पिउनु फलदायी हुन्छ ।

बेसनको पिठोमा बेसार र अलिकति मह मिसाएर अनुहारमा लगाउँदा अनुहारमा भएको दागधब्बा हटेर जान्छ।

शरीर सुन्निएको छ भने बेसार पानी पिउँदा दुखाइ कम हुन्छ ।

प्रकाशित मिति : २०८० माघ १३ गते शनिवार