२०८१ माघ १२ गते शनिवार

ट्याक्टरले च्यापिएर चालकको मृत्यु



सल्यान, १८ माघ ।
सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कुमाख गाउँपालिका-६ बडागाउँका १९ वर्षीय जनक विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बागचौर नगरपालिका-८ कोटमोलाको भित्री सडक खण्डमा रा १ त ३८५७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरले च्यापिएर विकको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी निरीक्षक भवानीप्रसाद धमलाका अनुसार गोबर बोकेको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको होे । दुर्घटनामा मृत्यु भएका विकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान पठाइएको छ ।

प्रकाशित मिति : २०८० माघ १८ गते बिहिवार