२०८१ चैत्र १२ गते मङ्गलवार

प्रेस चौतारी दाङको अध्यक्षमा राम्जा निर्वाचित



दाङ,२१ माघ ।

प्रेस चौतारी नेपाल दाङ शाखाको अध्यक्षमा प्रेमबहादुर राम्जा निर्वाचित भएका छन् । अधिवेशन हुने समयावधि अगावै प्रेस चौतारी दाङका अध्यक्ष रहेका इन्द« विविश डिसी वैदेशिक रोजगारीका लागी पलायन भएपछि अध्यक्ष पद रिक्त रहदै आएको थियो ।

डिसी पलाएन भएपछी चौतारी दाङको कार्यवहाक अध्यक्षको जिम्मेवारी प्रेम बहादुर राम्जाले पाएका थिए । समतिलाई पुर्णता दिन शनिबार दाङको तुलसीपुरमा सम्पन्न विशेष अधिवेशनले राम्जालाई प्रेस चौतारी दाङको अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ ।

समितिको उपाध्यक्षमा सुधासुमन ढकाल, महिला उपाध्यक्षमा दीप्तीशिखा चौधरी, सचिवमा किरण गौतम, कोषाध्यक्षमा गोकर्ण पौडेल, सहसचिवमा एकराज भण्डारी र चन्द्रप्रकाश नेपाली निर्वाचित हुनुभएको छ।

अधिवेशनले दुई सदस्य पछि मनोनयन मनोनीत गर्नेगरी २९ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । समितिको सदस्यमा माधव कँडेल, बसन्त परियार, रमा नेपाली, निता चौधरी, अभिषेख डाँगी, उत्तम अधिकारी, अर्जुन परियार, हिमाल विश्वकर्मा, कपिलमणि लामिछाने, जीवन अधिकारी, महेश बस्नेत, हिमाल खड्का, चेतन वली, लक्ष्मी पोख्रेल, रामप्रसाद सुवेदी, प्रेमकुमारी बुढामगर, सुरक्षा चौधरी, निशाकुमारी चौधरी, ललित कुमाल र वर्षा केसी रहनुभएको छ ।

प्रकाशित मिति : २०८० माघ २१ गते आइतवार