दाङ,२५ माघ ।
तुलसीपुर उपमहानगरपालिका-३ किमुगैराका धनवहादुर खत्रिले व्यवसायिक रूपमा तरकारी खेति गर्नुहुन्छ। उहाँसंगै गाँउका १५/१६ घरधुरिले तरकारी खेती गर्ने गरेका छन्।
धनबहादुरले करिब १६ कठ्ठा जमिनमा टमाटर,अदुवा,बन्दा लगाएतका तरकारी लगाउनुभएकाे छ । घरमा बाख्राकाे फर्म पनि छ । खाेरमा ७५ वटा बाख्राकाे बथान छ । अनि बगानमा अमिलाका बाेट। बिहान उठेदेखि साँझ झमक्क रात नपर्दा सम्म धनबहादुर बाख्राकाे हेरचाह देखि तरकारीको गाेडमेल र उत्पादित तराकारीकाे बजार व्यवस्थापनमा व्यस्त हुनुहुन्छ। याे काममा परिवारले पनि सघाँउछ । उहाँकाे दैनिकि यसैगरै चलिरहेकाे छ।
थर्काेट लेककाे फेदिमुनि रहेकाे बस्ति किमुगैरा र टुनापानीमा सिंचाइका लागि पानीको पर्याप्त सुविधा छ। उत्पादन पनि राम्राे हुन्छ तर उत्पादित तरकारी बाटाे नहुँदा तुलसिपुर बजार सम्म ल्याई पुर्याउनै सकस छ ।
। ‘तरकारी उत्पादन त गर्छाै तर विक्रि गर्दा गाडी र मान्छेले बाेकेकाे भाडा तिर्न पुग्दैन ।’ उहाँले भन्नुभयाे-‘ गतवर्ष ११ क्विन्टल टमाटर लगेर तुलसीपुर गए पाँच रूपैया प्रतिकिलाेका दरमा बिक्री गर्दा ५ हजार ५ सय रूपैया आम्दानी भयाे ।
गाडी भाडा प्रतिकिलाे ७ रूपैयाँका दरले ६ हजार तिर्नुपर्ने भयाे उल्टै ५ सय बगाय लागेपछि घर फर्केर गाडी वालालाई भाडा बुझाए । तरकारी खेति गरेरमात्र के गर्नु सडक सुविधा छैन हाम्रा दुःख खाेलामै बग्ने भए।’
धनबहादुरकाे घरमा याे वर्ष खनेकाे करिव ४० क्विन्टल बढि अदुवा पनि छ । सड्क पूर्वाधार नहुँदा टमाटरकाे व्यापारले घाटा व्यहाेरेका उनले अदुवाकाे भाउ साेचेजस्ताे नहुँदा घरमै भण्डारण गरेर राखेका छन।
बजारमूल्य अनुसार बेच्ने याेजना छ । उनका घरमा करिब १०/११ क्विन्टल बाेटमे पहेँलपुर पाकेका अमिला छन । प्रतीकिलाे १५ देखि २० रूपैयामा बजारमा बिक्री हुन्छ तर गाडी भाडा नै त्यतिनै लाग्ने भएपछि अमिला बेच्नुभन्दा नवेच्नुनै जाति मानेर टिप्नुभएकाे छैन।
यस्तै समस्या किमुगैराकै अर्का किसान प्रेम बुढाले पनि भाेग्नुभएकाे छ। उहाँपनि त्यहाँ व्यवसायीक तरकारी खेती गरीरहनुभएकाे छ । केहिदिन अघि बुढाले बिक्री गर्न तयार भएकाे काउलि गाडि चढाएर तुल्सिपुर ल्याउनुभयाे। गाडिबाट काउलि ओरालेर व्यापरीलाई काँटा गरेर हिसाब बुझेर गाडी भाडा बुझाउदा आम्दानी भन्दा थप ७ सय रूपैँया बगाए लाग्याे।
किमुगैराकै दलबहादुर खत्रिले अहिले टमाटर,काउलि,सिमि र वन्दा खेति गर्नुभएकाे छ । उत्पादित तरकारीले उचित मूल्य नपाउनु त किसानकाे पुरानै समस्या हाे । तर सड्क पूर्वाधारकाे समस्याले तरकारी बेच्न जाँदा बगाए लाएर फर्कनुपर्ने अवस्था रहेकाे देखेसाे पाेख्नुभयाे ।यित केवल प्रतिनिधि पात्र मात्र हुन्। किमुगैरा र टुनापानीका सबै किसनाकाे पीडा साझा छ।
किमुगैरा,टुनापानी क्षेत्रमा खेतीयोग्य जमिन छ। माटाेमा पसिना बगाउने मेहनति किसानहरूपनि छन । तर मेहनत गरेर उत्पादन गरेका तरकारीहरूमा बिचाैलियाकै रजगज छ ।
बाटाेकाे सुविधा नहुँदा किसानले तरकारी बिक्रीका लागि बजार पुर्याउन पटक पटक साेचेर क्यालकुलेटरमा हिसाब गरेर नलगे घर फर्केर लागेकाे बगाए तिर्नुपर्छ भन्ने अवस्था छ।
तरकारी संगै याे क्षेत्रमा टिमुर,अदुवा,कागति,अमिला लागाएकाे व्यवसायीक रूपमा खेति गरेर मनग्य आम्दानि गर्न सकिने वडा सदस्य कर्ण बहादुर बुढाले बताउनुभयाे।
तुलसीपुर उपमहानगरपालिकाकाे ३ नम्बर वडाकाे बिकट क्षेत्रमा रहेकाे याे वडा पर्यटकिय र धार्मिक दृष्टिकोणले पनि उत्तिकै महत्वपुर्ण क्षेत्र रहेकाले सडककाे स्तराेन्नति गरेमा मात्रै पनि यहाँका किसानले मनग्य आम्दानी गर्न सहज हुने उहाँले बताउनुभयाे।
यहाँका नागरीक तुलसिपुर बजार पैदल आउनुपरे धेरैपटक गहिरिएर साेच्नुपर्छ । दुरिका हिसावले पालिकाकाे केन्द्र रहेकाे तुलसीपुर बजारबाट करिव १७ किलाेमिटर उत्तरमा रहेकमे छ ।थर्काेट भएर सल्यान जाने बाटाेपनि यहि हाे । तर पर्याप्त गाडि चल्दैनन तेसैले आवतजावतमा समस्या छ ।
बिकट क्षेत्र सबैभन्दा धेरै बाटाेकाे मर्मत गर्न मेसिन प्रयोग हुने वडा पनि ३ नम्बर वडा नै हाे । वर्षातकाे समय आए समस्या भईहाल्छ।
किमुगैराकै दलबहादुर खत्रिले अहिले टमाटर,काउलि,सिमि र वन्दागोभी खेति गर्नुभएको छ । उत्पादित तरकारीले उचित मूल्य नपाउनु त किसानको पुरानै समस्या हो । तर सड्क पूर्वाधारको समस्याले तरकारी बेच्न जाँदा बगाए लाएर फर्कनुपर्ने अवस्था रहेको दुदेखेसो पोख्नुभयो । यित केवल प्रतिनिधि पात्र मात्र हुन्। किमुगैरा र टुनापानी क्षेत्रका सबै किसनाको पीडा साझा छ ।
किमुगैरा,टुनापानी क्षेत्रमा खेतीयोग्य जमिन छ । माटोमा पसिना बगाउने मेहनति किसानहरूपनि छन । तर मेहनत गरेर उत्पादन गरेका तरकारीहरूमा बिचौलियाकै रजगज छ ।
बाटोको सुविधा नहुँदा किसानले तरकारी बिक्रीका लागि बजार पुर्याउन पटक-पटक सोचेर क्यालकुलेटरमा हिसाब गरेर नलगे घर फर्केर लागेको बगाए तिर्नुपर्छ भन्ने चिन्ताले पिरोल्छ।
तरकारी संगै यो क्षेत्रमा टिमुर,अदुवा,कागति,अमिला लागाएतको व्यवसायीक रूपमा खेति गरेर मनग्य आम्दानि गर्न सकिने वडा सदस्य कर्ण बहादुर बुढा बताउनुहुन्छ ।
तुलसीपुर उपमहानगरपालिकाको ३ नम्बर वडाको बिकट क्षेत्रमा रहेको यो वडा पर्यटकिय र धार्मिक दृष्टिकोणले पनि उत्तिकै महत्वपुर्ण छ । सडकको स्तरोन्नति गरेमा मात्रै पनि यहाँका किसानले मनग्य आम्दानी गर्न सहज हुने उहाँले बताउनुभयो ।
बिकट क्षेत्र सबैभन्दा धेरै बाटोको मर्मत गर्न मेसिन प्रयोग हुने वडा पनि ३ नम्बर वडा नै हो । वर्षातको समय आए समस्या भईहाल्छ । थुप्रै शाखा बाटोहरुपनि छन । उपमहानगरले बजेट विनियोजन पर्याप्त मात्रमा गर्न नसकेपनि मेसिन र पाँच लाख जतिको इन्धनको मात्र व्यवस्था गर्न सके सडकमा एक करोड भन्दा बढी बजेट बरावरको काम गर्न सकिने अवस्था रहेको सदस्य वुढाले बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ का अध्यक्ष बिर वहादुर विक(विजय)पूर्वाधार समितिकाे संयाेजक संमेत हुनुहुन्छ । अहिलेसम्मको आँकडा हेर्दा सडक् स्तरोन्तीका लागी सवैभन्दा धेरै यही वडामा मेसिन प्रयोग गरिएको छ । भौगोलिक विकटताका कारण हरेक वर्ष यस्तो समस्या आइरहन्छ । किसानले बाटो नहुँदा भोगेको समस्यामा गम्भिर रहेको उहाँले बताउनुभयो ।
‘हरेक वर्ष सडक स्तरोन्नती तथा मर्मतको काम गरिरहेकै छौ ।’ उहाँले भन्नुभयो–‘ वर्षादको समय फेरी समस्या आइहाल्छ । किमुगैरा सहित कतिपय ठाँउमा बजेट अभावका कारण बाटो पुर्याउन नसकिएकाे हो । म आफै पुर्वाधार विकास समितिको संयोजक छु कति ३ नम्वर वडाललाई मात्र बजेट चाहिएको हो? भन्नुहुन्छ साथीहरु जनप्रतिनिधि भएपछी गर्नुपर्याे वडाकाे भूवनावट अनुसार बजेट विनियोजन नहुदाँसम्म यो समस्याले सताइरहने अबस्था छ।’
विकास दामासायी नभएर आवश्यक्ताको आधारमा हुनुपर्ने बताउनुभयो । भौगोलिक रुपमा कर्णाली प्रदेश संग सिमा जोडिएको वडा हो । बल्ले प्रतापकोटको मूख्य सडकबाट सार्किबास चोकबाट किमुगैरा सम्मको करिव ६ किलोमिटरको दुरिमा करिब तीन सय पचास मिटर बाटाे खन्न बाँकी रहेको उहाँले बताउनुभयो ।
गतवर्ष सो सडकका लागी तिन लाख रुपयौ बजेट विनियोजन भएको थियो । सडक विस्तार गर्दा चट्टानै–चट्टान परेपछि सो बजेटबाट १८ मिटरमात्र सडक विस्तार भएकोे अध्यक्ष विकले बताउनुभयो । यसवर्ष पुँजिगत बजेट पर्याप्त नहुँदा कामलाई निरन्तरता दिन सकिएको छैन । उहाँले भन्नुभयो–‘ त्यस क्षेत्रको बारेमा म पूर्ण जानकार छु । यो विषयमा नगर प्रमुख टिकाराम खड्कालाई जानकारी गराएको बताउनुभयो । खर्च स्टीमेट गरेर ल्याउन निर्देशन नगरप्रमुखबाट आइसकेकाले नगरबाट व्यवस्थापन गरी तत्काल काम अघि बढाउनका लागी काम भैरहेको उहाँले बताउनुभयो ।
सथानीय सरकारले किसानमैत्री निति निर्माणका कुरा गरेपनि बास्तविक किसानका लागी अभिभावकत्व ग्रहण गर्न नसकेको देखिएको छ ।