२०८१ माघ १२ गते शनिवार

जिल्लास्तरिय राष्ट्रपति रनिङ शिल्ड दाङमा आजदेखि शुरु



दाङ, २७ माघ ।
दाङ जिल्लास्तरिय १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि शुरु भएको छ । बेलझुण्डी रंगशालामा शुरु भएको प्रतियोगितामा दश वटै पालिकाको सहभागीता रहेको छ ।

प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले गर्नुभएको हो । मन्त्री मास्कीले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

प्रतियोगितामा भलिबल, कबड्डी , तेक्वान्दो, कराँते, एथ्लेटिक्स लगायतका प्रतियोगिता संचालन हुने आयोजकले जनाएको छ । उसु प्रतियोगितामा एउटा पालिका मात्रै सहभागी भएकाले खेल नहुने दाङ जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष धुब्र आचार्यले बताउनुभयो ।

दाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार पोखरेलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको सहजीकरण दाङ जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष धुब्र आचार्यले गर्नुभएको हो । प्रतियोगिता पर्सि २९ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ । प्रतियोगीतामा बिजेताले शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : २०८० माघ २७ गते शनिवार