२०८१ साउन ८ गते बुधवार

विदेश पठाउने भनेर ठगी गर्ने दाङकी मञ्जु पक्राउ



तुलसीपुर, २९ माघ ।
विदेश पठाउने बहानामा ठगी गरेको आरोपमा दाङकी एक महिला काठमाण्डौबाट पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-१२ निवासी ३० वर्षकी मन्जु रावत रहेको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

तुलसीपुर उपमहानगरपालिका-६ निवासी राजीव बस्नेत सहित ३ जना युवाले दिएको जाहेरीका आधारमा रावतलाई काठमाण्डौको नयाँ बानेश्वरबाट माघ २५ गते पक्राउ गरेको एसपी रविन्द्र रेग्मीले जानकारी दिनुभयो ।

पोर्चुगलमा मासिक एक लाख ५० हजार कमाई हुन्छ भन्दै प्रतिव्यक्ति १५ लाख रुपैयाँ खर्च लाग्ने बताउँदै रावतले पहिलो किस्ता स्वरुप १८ लाख रुपैयाँ बुझेर सम्पर्क विहीन भएकी थिइन् ।

प्रकाशित मिति : २०८० माघ २९ गते सोमवार