२०८१ जेष्ठ ३१ गते बिहिवार

तुलसीपुर महोत्सवमा आज ज्याेती मगर आउने



फाईल फोटो

तुलसीपुर, २ फागुन।

तुलसीपुर महोत्सवमा आज ज्याेती मगर आउने आयाेजकले बताएकाे छ । महोत्सवको आज आठौँ दिन चर्चित गायिका ज्याेती मगर, गायक खुमन अधिकारी लगाएतका कलाकार आउने भएका हुन् ।

माघ २४ गतेदेखि शुरु भएको महोत्सवमा दिनप्रतिदिन दर्शकको सहभागिता बढ्दै गएको महोत्सव मूल आयोजक समितिका संयोजक रामप्रसाद चालिसेले बताउनुभयो । महोत्सवमा आज पनि राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

महोत्सवमा आज माेडेल तथा डान्सर  निशु श्रिपाली,गायक देवेन्द्र बस्नेत र  गायक नवीन वलिकाे पनि प्रस्तुती रहने भएको छ । महोत्सवमा दर्शकको सहभागीता उल्लेख्यरुपमा बढ्दै गएपछि सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन २ गते बुधवार