दाङ,२ फागुन।
तुलसीपुर-१९ निवासी प्रतिमा रेग्मी पोख्रेल बेपत्ता हुनुभएको छ। बासगढी घर भई हाल चन्द्रागिरी नगरपालिका वडा नं. १० सतुंगल धौलागिरी आवासमा बस्दै आएकी पोख्रेल आफ्नै निबासबाट गत सोमबार बेपत्ता हुनुभएको परिवारले जनाएको छ ।
उहाँ बेलुका सवा सात बजेतिर घरबाट निस्किएको पारिवारिक स्रोतले जानकारी दिएको छ । उहाँ चिन्तारोगबाट ग्रसित भएकोले उपचार हुदैगर्दा बेपत्ता भएको परिवारले जनाएको छ।
बेपत्ता भएकी पोख्रेलले रातो ज्याकेट, कालो कुर्ता सुरुवाल र सेतो चप्पल लगाउनुभएको छ । उहाँलाई परिवारले खोजतलास गर्दा कतैपनि फेला नपारेकोले कहिँकतै फेला पार्नुहुनेले प्रहरी वा परिवारका सदस्यलाई ९८५११८०१४२ र ९८५५०५८०११ मा सम्पर्क गर्न हुन आग्रह गरेका छन् ।
प्रकाशित मिति : २०८० फाल्गुन २ गते बुधवार