तुलसीपुर,३ फागुन ।
तुलसीपुरमा दुई मोटरसाईकल एक आपसमा ठोकीदा एक जना घाईते भएका छन । विहिबार बेलुका ६ बजेतिर तुलसीपुरबाट प्रर्सेनीतर्फ जाँदै गर्दा घोराही-तुलसीपुर सडक खण्डको तुलसीपुर-७ मोतीपुरमा दुर्घटना भएको हो ।
तुलसीपुर-५ का २५ वर्षिय रुपक शाहीले चलाएको रा २ प ८२०७ नम्बरको मोटरसाइकललाई सोही दिशा तर्फ जादै गरेको रा ७ प ३९४९ नम्बरकोे मोटरसाईकलले ठक्कर दिदा ठक्कर दिने रा ७ प ३९४९ नम्बरको माटरसाईकल चालक तुलसीपुर-५ का ३९ वर्षिय बलबहादुर सार्कि घाईते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता नवचन्द« मल्लले जानकारी दिनुभयो ।
घाईते भएका सर्किको अहिले राप्ति प्रदेशिक अस्पताल तुलसीपुर उपचार भैरहेको प्रवक्ता नवचन्द« मल्लले जानकारी दिनुभयो ।
प्रकाशित मिति : २०८० फाल्गुन ३ गते बिहिवार