२०८१ असोज २१ गते सोमवार

घाेराही-तुलसीपुर चारलेन :चार जना मन्त्री भए तर सडक बनेन



दाङ,५ फागुन ।
दाङकाे घाेराही-तुलसीपुर चारलेन सडक बनाउन सुरू भएकाे चार बर्ष भैसक्याे तर याेजना अलपत्र छ ।हरेक निर्वाचनमा जोडतोड्का साथ बाचापत्रमा सिमित हुने गरेको तुलसीपुर-घोराही चारलेन सडक  चुनावि घोषणापत्रमै यसपालि पनि थन्किएको छ ।

चुनाबमा बाजागाजा सहित घरदैलोमा मत माग्दै हिँड्ने उम्मेद्वारको तामझाम हेर्दा उनिहरुलाई मतदान नगरे नर्क परिन्छ भन्ने लाग्छ । तर अहिले साँघुरो सडककै कारण हुने दुर्घटनाकाे डर बढि छ ।
जनताको मत लिएर गएका प्रतिनिधिले चारलेन सड्कलाई गति दिनुपर्ने ठाँउमा दुई लेन सडकमा टालटुल पारेर भएपनि केही सहज पारिएको भन्ने  मूख्य उपलब्धि सार्वजनिक गर्ने जन्मेदखिकै सबैभन्दा धेरै बल अहिले लगाउनुपरेकाे छ।
वि.सं.२०७९ काे चुनावमा यहि एजेन्डा नै मूल विषयका रुपमा दाङको चुनावि घोषणापत्र बनेपछि नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी नेत्रृ तथा बर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्मासंग पराजय बेहोरे।
मन्त्रि शर्मा सहित चुनाव अघि गठबन्धनका उम्मेदवारले घोराही-तुलसीपुर सडक चुनावमा जितेर गएपछि यस्ताे बन्छ भन्ने परिकल्पनामा तयार एनिमेसन भिडियो हेरेर चित्त बुझाएका दंगालीले समयमै अलपत्र सडक बन्ने छाँट नदेखेपछि विभिन्न दबावमुलक कार्यक्रम  समेत गरे ।
कतै कविता बाचन गरेर जनप्रतिनिधिलाई खवरदारी गरे भने कतै जिल्लाबाट निर्वाचित सांसदलाई दाङ प्रवेश निषेधका व्यानर टाँगेर विरोध जनाए ।

जनताको दबाब स्वरुप चारलेन सडकमध्य दुई लेन सडकमा दुई करोड बढी रकम खर्चेर भएका खाल्डाखुल्डी पुरेर टालो हाल्ने काम भए । जसले यात्रामा धुलाे र खाल्डामा जम्प गर्नुपर्ने समस्या त हट्याे तर नेताले जनता ढाट्ने बानि भने अझै हटेन।

चारलेन बाटो बनाउन सुरु भएको पाँच वर्ष पुग्नै थाल्यो । पछिल्लो वि.सं २०७९ को निर्वाचन भएको पनि डेढ  वर्ष भैसकेको छ।

यहि चुनाव जितेर दाङले संघ र प्रदेशमा चार जना मन्त्री भने पायो । तर चारलेन बाटो बन्न सकेन । दाङबाट  प्रतिनिधसभा सदस्यमा नेकपा माओवादी केन्द«बाट निर्वाचित रेखा शर्मा सूचना तथा सञ्चार प्रविधिमन्त्रि, प्रदेशसभामा नेपाली काङग्रेसबाट निर्वाचित डिल्लि बहादुर चौधरी लुम्बिनी प्रदेशका मूख्यमन्त्री,नेकपा माओवादी केन्द«बाट निर्वाचित धनबहादुर मास्की अर्थ मन्त्री र नेपाली काङ्ग्रेसवाट निर्वाचित राजु खनाल स्वास्थ्य मन्त्रि भएका छन ।
चार जना दङ्गाली मन्त्री हुँदा समेत चारलेन सडकले गतिलिन नसक्नु लज्जासपद विषय भएको रास्वपा दाङका नेता विशाल अधिकारीले बताउछन ।
सडक पूर्वाधार विकासकाे पहिलाे आधार भएपनि  दाङमा चारलेन सडक निर्माण हुननसक्नु अन्य क्षेत्रकाे विकासमा एक कदम पछाडी परेकाे रास्वपाका प्रशिक्षण विभाग प्रमुख कमल सुवेदीले बताउनुभयाे ।
दाङलाई स्वास्थय,शिक्षा लगाएतका बिषयलाई समेटर यस क्षेत्रकै हवकै रूपमा विकास गर्न सकिने अवस्थामा समेत अन्य राजनितीक दलहरू गम्भीर नरहेकाे आराेप लगाउनुभयाे। विकासका लागी राजनिति हाेईन सहकार्य गरेर अघि बढ्नुपर्ने सुवेदिले बताउनुभयाे ।
रास्वपाका सह-माहामन्त्री विपिनकुमार आचार्यले घरछेउकाे विमानस्थलमा राजनिती भैरहेकाे बताउनुभयाे। विमानस्थल स्तराेन्नति नहुँदा जिल्ला बाहिर गएर यात्रा गर्नुपर्ने समस्या रहेकाे बताउनुभयाे । विकासका लागि पुरानाे नेतृत्व असफल भैरहेकाले नयाँ पुस्तालाई अघि सार्नुपर्ने धारणा राख्नुभएकाे थियाे।
उक्त सडकका लागि भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रालिले वि.सं २०७५ माघ १४ गते ठेक्का सम्झौता भएर माघ २८ गतेदेखि काम सुरु भएको थियो । सम्झौता भएको मितिले ३० महिनामा काम सक्नुपर्ने थियो ।

१ करोड २१ लाख अमेरिकी डलर लागतमा सो कम्पनीले ०७८ असार साउन २७ गतेसम्म सडक निर्माण गरिसक्ने गरी जिम्मा लिएको थियो । तर कोभिड-१९ महामारीको बाहना देखाउँदै २७ वैशाख ०७९ सम्म म्याद थप गरिएको थियो । अहिले पुरानो ठेक्का रद्ध भएर नयाँ प्रक्रियामा जाने तयारी भैरहेको बताइएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले यस्तै प्रकारका लामो समयदेखि अलपत्र परेका आयोजना सम्पन्न गर्न दवाव दिने उद्देश्यले राष्ट्रव्यापी दवाव कार्यक्रम गरिरहेको छ । सोही दवाव कार्यक्रम अन्तरगत अलपत्र घोराही-तुलसीपुर सडकमा पैदलयात्रा गरेकाे छ।

सडक निर्माणका लागी दबाव दिन घोराहीबाट आज (शनिबार) विहान ८ वजे पैदल हिँडेर दिउसो ३ बजे तुलसीपुरमा आएर कोण सभामा परिणत भएको थियो ।

पैदलयात्रा पछिकाे काेणसभालाई सम्बाेधन गर्दै पुर्व शिक्षा मन्त्री समेत रहनुभएका प्रतिनिधिसभा सदस्य शिशिर खनालले अलपत्र घोराही-तुलसीपुर सडक निमार्ण गर्छाे भन्ने  आश्वासनले मात्र अब जनताले नमान्ने चेतावनी दिनुभयाे।

हरेक पटकका चुनावमा मत माग्न मात्र सडकको विषय उठाउने तर जितेर गएपछी काम नगर्ने  पुरानो परम्पराको अन्त्यका लागी रास्वपाको उदय भएको उहाँले बताउनुभयो।

घोराही-तुलसीपुर सडक ठेक्का रद्ध भएको एक वर्ष पुग्दा समेत नयाँ प्रक्रिया शुरु नभएकाले नयाँ ठेक्का प्रक्रियाका लागी दंगाली जनताकाे जनदवाब आवश्यक रहेको उहाँकाे भनाई छ ।

समस्या परे राजनितिक अभियानमा ढुङ्गामुढा गर्ने, बाटो बन्द गर्ने जस्ता कार्यले हैरान भएका जनतालाई परपिडा दिन नहुने भन्दै अलपत्र सडक निर्माणका लागी दबाब दिन घाेराही-तुलसीपुर सडकमा पैदल यात्रा गरिएको खनालले बताउनुभयो।

पूर्व शिक्षा मन्त्री समेत रहनुभएका खनालले भन्नुभयाे–“हामी सत्याग्रहको मार्गमा हिडिरहेका छौ । सत्यको मार्गमा हिड्दा अरुलाई पिडा दिने काम सह्य हुदैन । त्यसैले राष्ट्रका लागि  सकारात्मक शन्देस प्रबाह गर्न दबाब कार्यक्रम गरिरहेका छाै।”

मेलम्ची खानेपानी आयोजनाबाट सुरु भएको यात्रा दाङको घोराही-तुलसीपुर चारलेन सडक सहित देशभर रहेका २१ परियोजना समयमै निर्माण सम्पन्न गर्नका लागि दवाव दिने उद्देश्यसहित रास्वपाले दवाव यात्रा गरेको हो ।

शनिबार दाङको घोराहीबाट करिब ६ घन्टाको पैदल यात्रा हिँडेर तुलसीपुर बजारमा पुगी कोणसभामा परिणत भएको थियाे।

कार्यक्रममा लुम्बिनी प्रदेश सभापति देवराज पाठक,केन्दि«य सदस्य क्रान्तीशिखा धिताल लगाएतले बोल्नुभएको थियो ।

प्रकाशित मिति : २०८० फाल्गुन ५ गते शनिवार