२०८१ असोज १९ गते शनिवार

दुई सातादेखि बेपत्ता दाङ निवासी प्रतिमा पोख्रेल गोर्खामा मृत फेला



दाङ,६ फागुन।
तुलसीपुर-१९ निवासी प्रतिमा रेग्मी पोख्रेल मृत अवस्थामा फेला पर्नुभएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ बाँसगढी घर भई हाल चन्द्रागिरी नगरपालिका वडा नम्बर १० सतुंगल धौलागिरी आवासमा बस्दै आएकी पोख्रेल आफ्नै निबासबाट दुई साता अघि बेपत्ता हुनुभएको थियो ।

उहाँ चिन्तारोगबाट ग्रसित भएकोले नियमित उपचार भइरहेकोे परिवारले जनाएको थियो । सोमबार बेलुका सवा सात बजेतिर घरबाट निस्किएपछि उहाँ बेपत्ता हुनुभएको थियो।

बेपत्ता भएको १३ दिनपछि आज (आईतबार) गोर्खा जिल्लामा प्रतिमा रेग्मी पोख्रेल मृत अवस्थामा भेटिएको परिवारका सदस्य विनयकुमार पोखरेलले जानकारी दिनुभयो । पारिवारीक श्रोतका अनुसार उहाँँलाई गोर्खा प्रहरीले दुई दिन अघि नै फेला पारेपनि सनाखत नहुँदा समस्या भएको थियो । सामाजिक सञ्जाल लगाएतका सूचनाको आधारमा आज(आईतबार) पहिचान भएपछी मृतक प्रतिमा रेग्मी पोख्रेलको शवलाई प्रहरीले परिवारलाई बुझाएको छ ।

शवलाई परिवारले बुझेर अहिले काठमान्डौ ल्याइपु्याएको छ । उहाँको अन्त्यष्टी आजै राती १० वजे पशुपति आर्यघाटमा गरिने परिवारले जनाएको छ । उहाँको मृत्युको कारण भने खुल्न सकेको छैन । मृतकका श्रीमान अनिल पोख्रेल राष्ट्रिय बाली अनुसन्धान केन्द« खजुरा बाँकेका प्रमुख(सहसचिव) हुनुहुन्छ भने उहाँको एक छोरी रहेकी छन ।

प्रकाशित मिति : २०८० फाल्गुन ६ गते आइतवार