दाङ, १० फागुन ।
दाङको तुलसीपुर १८ मा एक सातासम्म स्वास्थ्य विमा शिविर हुने भएको छ । सबै नागारिकहरुलाई स्वास्थ्य विमाको पहुँचमा ल्याउने उद्देश्यले अभियानकै रुपमा शिविर सञ्चालन गर्ने भएको छ ।
नागरिकहरुलाई स्वास्थ्य विमाको महत्व, फाईदाका बारेमा बुझाउने र सबैलाई स्वास्थ्य विमाको पहुँचमा ल्याउने उद्देश्यका सहित स्वास्थ्य विमा शिविर सञ्चालन गर्न लागेको वडा अध्यक्ष माधव वलीले बताउनुभयो ।
स्वास्थ्य विमा कार्यक्रममा नागरिकहरुको सहभागिता न्यून रहेकोले यसलाई बढाउनको लागि स्वास्थ्य विमा शिविरले सहयोग पुग्ने अध्यक्ष वलीले बताउनुभयो । उहाँले स्वास्थ्य विमा कार्यक्रममा सहभागि हुनको लागि सम्पूणर् वडाबासीहरुलाई आग्रह गर्नुभएको छ ।
विमा विशिरमा प्रत्येक ५ जना परिवार बरावर तीन हजार पाँच सय, १ जनाको मात्रै बनाउन चाहेमा ७ सय र ७० बर्ष उमेर पुगेका जेष्ठ नागरिकहरुलाई विमा गराए वाफत कुनै शुल्क नलाग्ने वडाले जनाएको छ । विमा गराउन जाँदा अनिवार्य रुपमा आफ्नो नेपाली नागरिकता लिएर आउन पनि वडाले आग्रह गरेको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नंम्बर १८ को आयोजना तथा नगर स्वास्थ्य केन्द्र हेमन्तपुरको समन्वयमा विमा कार्यक्रम सञ्चालन हुने भएको छ ।
“सबैका लागी बिमा सधैका लागी बिमा” भन्ने मूल नाराका साथ फागुन १३ गते स्वास्थ्य विमा शिविर सञ्चालन हुने वडा कार्यालयले जनाएको हो । शिविर फागुन १३ गते आईतबार देखि फागुन १९ गते सम्म सञ्चालन हुने छ ॥

