
दाङ, ११ फागुन ।
दाङको तुलसीपुरमा दोस्रो अन्तराष्टिय प्रतियोगिता संचालन हुने भएको छ ।
युथ्स अफ तुलसीपुरको आयोजनामा आउदो फागुन १५ गतेदेखि १७ गतेसम्म तुलसीपुर स्थित अरनिको मैदानमा दोस्रो अन्तराष्टिय कुस्ती प्रतियोगिता संचालन गर्न लागेको युथ्स अफ तुलसीपुरका अध्यक्ष ऋषिराज लहरे (अरुण)ले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रतियोगिता तीन दिनसम्म संचालन हुनेछ। कुस्ती खेलप्रतिको आर्कषण बढाउन अन्तराष्टिय स्तरको कुस्ती खेल प्रतियोगिता दाङमा दोस्रो पटक गर्न लागिएको हो। प्रतियोगितामा ३० जना भारतीय पुरुष पहलवान, २ जना भारतीय महिला पहलवान र ५ जना नेपाली पहलवान सहित जम्मा ३७ जना पहलवानको सहभागिता रहने अध्यक्ष लहरेले वताउनुभयो ।
कुस्ती प्रतियोगिता संगै सास्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा चर्चित गायिका सहिमा श्र्रेष्ठ दाङ आउन लागेको अध्यक्ष लहरेले जानकारी दिनुभयो । दर्शन सलाम,अरे क्यानाम,पाउजु बजाउदै,तिम्रो पिक्चर हिट लगाएतका थुप्रै गित गाएर चर्चा बटुलिसकेकी गायिका श्र्रेष्ठ साँगेतीक प्रस्तुतीका लागि आउन लाग्नुभएको हो ।
नेपालमा कुस्ती प्रतियोगिताले उचित स्थान नपाइरहेको अवस्थामा कुस्ती प्रतियोगितालाई नेपालमै स्थापित गर्ने उद्देश्यले दाङमा यो प्रतियोगिताको गतवर्षदेखि शुरु भएको थियो ।