
तुलसीपुर,१२ फागुन ।
जनसेवा बचता तथा ऋण सहकारी संस्थाले तुलसीपुरमा एक दिने निशुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न गरेकाे छ ।
सहकारी संस्थाले राप्ती लाईफ केयर हस्पिटल तुलसीपुरकाे प्राबिधिक सहयाेगमा शनिवार तुलसीपुर-७ नयाँ बस्तिमा शिविर आयाेजना गरेकाे थियाे ।
शिविरमा नयाँबस्तिका १ सय ४५ जनाकाे मधुमेह(सुगर) तथा प्रेसर जाँच गरिएकाे सहकारी संस्थाका अध्यक्ष जीवन भण्डारीले बताउनुभयाे ।
सहकारीले सामाजिक उत्तरदायित्व बहन कार्यक्रम अन्तरगत निशुल्क स्वास्थ्य परिक्षण शिविरकाे आयाेजना गरेकाे हाेे । आगामी दिनहरूमा समेत यस्ता कार्यक्रमलाई संस्थाले निरन्तरता दिने अध्यक्ष भण्डारीले बताउनुभयाे।
संस्थाका अध्यक्ष जीवन भण्डारीकाे अध्यक्षता तथा राप्ती लाईफ केयर हस्पिटलका अध्यक्ष हरिप्रसाद रिजालकाे प्रमुख आतिथ्यतामा कार्यक्रम भएकाे थियाे ।
कार्यक्रममा प्रमुख अतिथ रिजालले स्वास्थ्य संवेदनशील विषय रहेकाले नियमित रूपमा जाँच गर्न सुझाव दिनुभएकाे थियाे । आफू स्वस्थ्य भएमा मात्र दैनिकी सहज हुने भएकाले स्वास्थ्यमा कुनै समस्या देखिए सामान्य समस्या भनेर वेवास्ता गर्दा अन्त्यमा जटिल अवस्था आउदा ठुलाे धनराशि खर्च हुने गरेकाे भन्दै समस्या देखि नजिकै भएका स्वास्थ्य संस्थामा पुगेर सम्बन्धित बिषयविज्ञसंग परामर्श लिन आग्रह गर्नुभयाे।
कार्यक्रममा राप्ती लाईफ केयर हस्पिटलका व्यवस्थापक अमृत सुवेदी, नारायण भुसाल दुर्गाप्रसाद भण्डारी,सुकराम विक लगाएतले मन्तव्य राख्नुभएकाे थियाे ।
सहकारी संस्थाका सदस्य टंक प्रसाद भुषालकाे स्वागत मन्तव्यबाट शुरू भएकाे कार्यक्रमकाे सहजिकरण सचिव दिपक केसीले गर्नुभएकाे थियाे ।