तुलसीपुर,१५ फागुन ।
सुर्खेतका धन बहादुर वली कामको शिलशिलामा दाङमा बस्दै आउनुभएको छ । उमेरले ६० वर्ष पुग्न लाग्नुभएका उहाँलाई असल अभिभावकत्व ग्रहणका विषयमा अझैपनि खुलदुलि लागि रहन्छ । साँवा भन्दा ब्याजको माया भनेझै उहाँको छोरीको छोरा(नाती) तीन वर्ष पुग्नुभयो ।
अब संस्कारयुत्त शिक्षा दिनुपर्छ भन्ने उद्देश्यले केहि समय अघि तुलसीपुरको डिभाईन मन्टेश्वरीमा भर्ना गर्नुभयो । सोहि विद्यालयले सोमबार साँझ तुलसीपुरमा आयोजना गरेको असल अभिभावकत्व सेमिनारमा वलीले एकाग्रतापूर्वक कक्षा लिइरहनुभएको थियो । विद्यालयले आयोजना गरेको तालिम असाध्यै राम्रो लागेको उहाँले बताउनुभयो । यस्ता सेमिनारहरु समय-समयमा अभिभावकहरुलाई प्रदान गर्दा विद्यालय,अभिभावक र शिक्षकहरु विचको सम्बन्ध थप मजवुत हुने उहाँको बुझाई छ ।
उहाँ जस्तै अर्का अभिभावक तुलसीपुर-९ का लेखा भण्डारी पनि सोही कार्यक्रममा सहभागी हुनुभएको थियो । पेशाले उहाँ निजामति सेवमा कार्यरत हुनुहुन्छ । विभिन्न प्रकारका थुप्रै तालिमहरु उहाँले यसअघि लिईसक्नुभएको छ । तर असल अभिभावकत्व सम्बन्धिको तालिम भने यो नै पहिलो भएको उहाँले बताउनुभयो ।
‘असल अभिभवकत्व ग्रहणका लागि तालिम उपलब्धिमुलक रहेछ ।’ उहाँले भन्नुभयो–‘बालबालिकाको पहिलो पाठशाला नै घर हो तेसैले सबै अभिभावकले यस प्रकारका तालिम लिदा व्यबहार परिवर्तनमा सुधार हुने देखियो ।’
तुलसीपुरमा रहेको डिभाइन टेम्पल एकेडेमीले हरेक वर्ष अभिभावकहरुका लागि उत्प्रेरणामूलक तालिमहरु सञ्चालन गर्दे आएको डिभाईन एजुकेशनका फाउन्डेशनका सिईओ भोजराज न्यौपानेले बताउनुभयो ।
‘संस्कार,ईमान्दारीता र अनुशासनलाई विद्यालयले प्राथमिकता दिदै आएको छ । उहाँले भन्नुभयो- ‘ आजको आवश्यक्ता असल संस्कारको हो । संसारमा कति धेरै वौद्धिक ब्यक्तीहरु समेत गलत संस्कारका कारण असफलता प्राप्त गरेका उदाहरणहरु प्रशस्तै छन् । तसर्थ असल संस्कारको निर्माणका लागि अभिभावक,विद्यार्थी र शिक्षकलाई निरन्तर उत्प्रेरणामूलक कक्षा सञ्चालन गरिरहेका छौ ।’
यस अघि विद्यार्थीहरुका लागि समेत असल विद्यार्थी कसरी बन्न सकिन्छ भन्ने सन्दर्भमा कक्षा सञ्चालन भएको थियो ।
पाँच सय बढी अभिभावकहरुलाई उत्साहसहित असल अभिभावकत्व ग्रहण र व्यवहार परिवर्तनका लागि मोटिभेसनल प्रशिक्षक क्षेत्रप्रताप ज्ञवालीले प्रशिक्षण गर्दा सबै अभिभावक भावुक देखिएका थिए ।
तालिममा छोराछोरीको संस्कार निर्माणमा बावु-आमा अर्थात परिवार मूख्य जिममेवार रहन्छ । घरको मूल संस्कार सुधारेमा मात्रै समाज र राष्ट्र सुधार्न सकिने उहाँको भनाई छ । ‘हामिलाई संस्कारयुक्त सन्तान र समाज चाहिएको छ ।
उहाँले भन्नुभयो -‘अवको शिक्षा संस्कारयुक्त दिनुपर्छ ।संस्कार नै जिवन बनाउने शिक्षा हो। संस्कार सहितको शिक्षाले विश्व बजारमा संस्कारी भएर जिवन बिताउन सहज हुनेछ ।
परिवारबाटै ९० प्रतिशत कुराहरु सजिलै बालबालिकाले सिकाई गर्ने भएकाले सबै जिम्मेवारी विद्यालयलाईमात्र दिनु गलत भएको बताउनुभयो । ’
जंक फुडको प्रयोग,प्रबिधिको दुरुपयोग,अभिभावकत्व ग्रहण गर्न नसक्नु लगाएतका कारण पछिल्लो समय बालबालिकामा नकारात्मकताका लक्षणहरु बढि देखापर्न थालेको अधिकारीले बताउनुभयो ।
ग्लोबल स्कुल डेभलपमेन्ट नेपालका सिइओ समेत रहनुभएका उहाँले विगत १० वर्षदेखि विद्यालय शैक्षिक सुधार कार्यक्रम अन्तरगत उत्प्रेरणामुलक तालिमहरु दिदै आउनुभएको छ ।