२०८१ साउन ५ गते आइतवार

डिभाईन टेम्पलले मनायो मणिभ उत्सव



दाङ, १९ फागुन ।
तुलसीपुर-६ गोलौरामा रहेको डिभाईन टेम्पल एकाडेमीले शनिबार मणिभ उत्सव मनाएको छ । विद्यालयले १५ दिनसम्म विभिन्न कार्यक्रम गरी शनिबार १५ औँ वार्षिकोत्सव अर्थात मणिभ उत्सव मनाएको हो । डिभाईन टेम्पलका सिइओ भोजराज न्यौपानको अध्यक्षता तथा नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष सुवास न्यौपानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

त्यस अवसरमा केन्द्रीय अध्यक्ष न्यौपानेले संस्थागत विद्यालय दक्ष जनशक्ति उत्पादनमा अब्बल रहेको बताउनुभयो । यस्तै मध्यपश्चिम विश्वविद्यालयका साइन्स एण्ड इन्जिनियरिङ तर्फका डिन डा. सुदीप ठकुरी, नेशनल प्याब्सनका केन्द्रीय उपाध्यक्ष सुवोध डाँगी, केन्द्रीय सदस्य भिमबहादुर बुढाथोकी, तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख चक्र भण्डारी, राप्ती बबई क्याम्पसका प्रमुख गणेश पार्धे लगायतले दक्ष जनशक्ति विदेश पलायन हुन थालेकोमा चिन्ता व्यक्त गर्नुभएको छ ।

कार्यक्रममा विभिन्न प्रकारका भेषभुषा झल्कने नृत्य प्रस्तुत गरिएको थियो भने विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको छ । कार्यक्रमको सहजीकरण शिक्षक महेश न्यौपानले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८० फाल्गुन १९ गते शनिवार