२०८१ असोज १८ गते शुक्रवार

माथिल्लो हलवार टोल विकास संस्थाको पाँचौ साधारणसभा



तुलसीपुर, २० फागुन ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ माथिल्लो हलवार टोल विकास संस्थाको पाँचौ साधारणसभा भएको छ ।

आज आईतबार एक कार्यक्रमको आयोजना गरी टोल विकास संस्थाको साधारणसभा भएको हो । संस्थाका अध्यक्ष डम्बर बहादुर रोकाको अध्यक्षता तथा तुलसीपुर ४ का वडा सदस्य दोणर् बहादुर घर्तीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो।

कार्यक्रमका प्रमुख अतिथि घर्तीले बजेट अभावले टोल विकास संस्थामा भने अनुसारको कम गर्न नसकेको बताउनुभयो । पछिल्लो समय तुलसीपुर उपमहानगरपालिकाबाट विनियोजन बजेट रकम कम भएकोले संस्थाको लागि बजेट विनियोजन गर्न नसकेको बताउनुभयो । उहाँले आगामी दिनमा संस्थाको लागि आवश्यक बजेट विनियोजन गर्ने प्रतिवद्धता जनाउनुभयो ।

रेडियो हाम्रो पहुँचका स्टेशन म्यानेजर बसन्त पौडेल, निर्वतमान सचिव कृष्ण बहादुर बस्नेत,सदस्य हरी बहादुर खड्का, शंकर चौधरी लगाएतकाले टोलको विकासमा लागि स्थानिय पालिकाले सहयोग गर्नुपर्ने बताएका थिए ।

संस्थाको आर्थिक प्रगति प्रतिवेदन कोषाध्यक्ष मित्रलाल बस्नेतले प्रस्तुत गर्नुभएको हो । संस्थाका अध्यक्ष डम्बर रोकाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण संस्थाका सचिव लक्ष्मी खड्काले गर्नुभएको हो ॥

प्रकाशित मिति : २०८० फाल्गुन २० गते आइतवार