दाङ,२० फागुन ।
गुरुकुल एकेडेमीले जिपिएस जडान गरीएका सवारी साधन संचालनमा ल्याएको छ । गुरुकुल एकेडेमी तुलसिपुर र लमहिले आफ्ना विद्यार्थिहरुका लागि प्रयोग हुने सवारी साधन ९भ्यान र बस०मा जिपिएस जडान गरेको बताएको छ ।
ग्लोबल पोजिसनिङ सिस्टम जडान गरीनुले अभिभावकहरुलाई अव कतिबेला आफ्ना बालबालिका लिन आइपुग्छ,कति समय लाग्छ भन्ने निगरानि गर्न सकिने गुरुकुल एकेडेमी तुलसीपुरका प्रधानाध्यापक मुकुन्द गिरीले जानकारी दिनुभयो ।
अभिभावकले ग्लोबल पोजिसनिङ सिस्टम एपलाई आफ्नो मोबाइलमा डाउनलोड गरी विद्यालयको गाडिलाई प्रत्यक्ष निगरानि राख्न सकिने छ । विद्यालय भनेको पढ्ने पढाउने ठाँउ मात्र नभएर विद्यार्थिहरुको आधारभुत सेवा सुबिधा संगै सुरक्षीत यात्रा र भरपर्दो हिसावले पनि निकै प्रभावकारी हुने भएकाले यो प्रबिधि प्रयोग गरीएको गुरुकुल एकेडेमीका अध्यक्ष ईअनन्तराज घिमिरेले जानकारी दिनुभयो ।