२०८१ चैत्र १२ गते मङ्गलवार

दाङसहित देशभर बिहानैदेखि वर्षा,आजदेखि मौसममा क्रमिक सुधार आउने



दाङ,२१ फागुन ।

प्रि-मनसुनु शुरु भएपछि  आज दाङसहित देशभर बिहानैदेखि  पानी पर्न  शुरू गरेकाे छ । पानी परेसंगै फागुनकाे अन्त्यतिर समेत माैसम चिसाे नै रहेकाे छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर बदली रहनुका साथै विभिन्न ठाउँमा हिजाे पनि पानी परेको थियाे ।

कोशी प्रदेश र मधेस प्रदेशको पूर्वी भेगबाहेक देशभर पानी परेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार लुम्बिनी,वाग्मती,गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पानी परेको छ । उच्च पहाडी र हिमाली भेगमा हिमपात भएको छ । नेपालमा पश्चिमी वायुको प्रभाव कायमै रहेको र आजदेखि मौसममा क्रमिक सुधार हुने मौसमविद्ले बताएका छन् ।

 

प्रकाशित मिति : २०८० फाल्गुन २१ गते सोमवार