२०८१ मङ्सिर २३ गते आइतवार

२७ फिट अग्लो शिबलिङ्ग दर्शन गर्न दर्शनार्थीको घुँइचो



दाङ,२५ फागुन ।
दाङ र सल्यानको सिमानामा पर्ने सुकिदहमा आज मेला लागेको छ ।
दाङको तुलसिपुर उपमहानगरपालिका वडा नम्बर ४ र सल्यानको कपुरकोट गाँउपालिका वडा नम्बर ३ को सिमानामा रहेका सुकिदहमा अवस्थित मुक्तिनाथ मन्दिरमा महाशिवरात्रीका अवसरमा मेलाको आयोजना गरिएको हो ।

धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न प्रचारप्रसार गर्ने उद्देश्यले दक्षिण कालिका मन्दिर व्यवस्थापन समिति कपुरकोट गाँउपालिका-३ को आयोजनामा आज मेला लगाईएको हो।

सुकिदहमा अहिलेसम्मकै अग्लो शिबलिङ्ग निर्माण भएको छ। २७ फिट उचाई र १५ फिट गोलाई रहेको शिबलिङ्गको दर्शन गर्न आज बिहानैदेखि दाङ र सल्यानका हजारौ दर्शनार्थीको भिड रहेको शिबभक्त समुहका मुख्य संयोजक टंकराम वलिले जानकारी दिनुभयो।

यो क्षेत्र दाङको तुलसीपुर उपमहानगरपालिकाको उच्चपहाडि भेग हो ।सुकिदहबाट मनोरम प्राकृतिक दृश्य संगै हिमाल हेर्न सकिने मुलकोट टोल बिकास संस्थाका अध्यक्ष ऋषिराम पुनले बताउनुभयो।

सुकिदह पुग्नका लागि सल्यान-कपुकोट सडक खण्डमा पर्ने हरनेटि हुँदै मुलकोटवाट पुग्न सकिन्छ। यस्तै तुलसीपुर ७ को प्रसेनी,बनहरी,लामीदमार हुदैँ मुलकोटबाट पनि पुग्न सकिन्छ।

प्रकाशित मिति : २०८० फाल्गुन २५ गते शुक्रवार