तुलसीपुर,२५ फागुन ।
तुलसीपुर-७ कालाखोलामा अवस्थित शिव मन्दिर परिसरमा पितृको स्मृतिमा विवाह मण्डप निर्माण गरिएको छ ।
स्वर्गिय बुवा पोषणलाल कँडेल,आमाहरु अम्बादेवी कँडेल र सितादेबि कँडेलको सम्झनामा उहाँका छोरा तुलसीपुर-७ प्रर्सेनी निवासी हरि प्रसाद कँडेल,बुहारी निमादेबि कंडेल,नाती विनोद कँडेल र नातीनी बुहारी पुष्पा भण्डारी कँडेलले विवाह मण्डप निर्माण गर्नुभएको हो ।
करिब ६ लाखको लागतमा निर्माण सम्पन्न भएको विवाह मण्डपको आज(शुक्रवार) महाशिवरात्रीका अवसरमा पुजाअर्चना गरेर मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ ।
पुरानो पुस्ताको सामाजिक ईतिहासलाई कायम राख्न र समाजमा सकारात्मक शन्देशको जागरण ल्याउन विवाह मण्डप तयार गरेको कँडेलले बताउनुभयो । पुर्खाहरुले समाज रुपान्तरणका लागि देखाएको अग्रसरतालाई सम्मान स्वरुप उहाँहरुको सम्झनामा मण्डप निर्माण गरिएको हो ।