२०८१ असोज १८ गते शुक्रवार

एन प्याब्सन दाङकाे १६ औं  साधारणसभा तुलसीपुरमा



दाङ,२६ फागुन ।

शिक्षाकाे अवस्था पछिल्लाे समय गम्भीर संकटकाे अवस्थामा रहेकाे एन प्याब्सनका केन्द्रीय उपाध्यक्ष सुबाेधकुमार डाँगीले बताउनुभयाे ।

 राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसाेसियसन नेपाल(एन प्याब्सन ) दाङकाे १६ औं साधारणसभाकाे अवसरमा प्रमुख अतिथ समेत रहनुभएका डाँगीले यस्ताे बताउनुभएकाे हाे ।

निजी क्षेत्रबाट सञ्चालित सबै बिद्यालयकाे स्थायित्व,नियमन र संरक्षणमा राज्यले प्रभावकारी रूपमा काम गर्न नसकेकाे बताउनुभयाे। शिक्षामा निजी क्षेत्रकाे तर्फबाट महत्त्वपूर्ण याेगदान रहेपनि सरकारकाे दृष्टिकोणमा विभेद रहेकाे जिकिर गर्नुभयाे ।

एन प्याब्सन दाङका अध्यक्ष भाेजराज न्याैपानेकाे अध्यक्षता, केन्द्रीय उपाध्यक्ष सुबाेध कुमार डाँगीकाे प्रमुख आतिथ्यता तथा  राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष युवा बैज्ञानिक डा. महावीर पुनकाे विशिष्ट आतिथ्तामा कार्यक्रम भएकाे हाे ।

कार्यक्रममा विशिष्ट अतिथि पुनले देशमा दक्ष जनशक्तिकाे अभाव भएकाे बताउनुभएकाे छ । विद्यालयलाई श्रमयुक्त जनशक्ति निर्माणमा जुट्न आग्रह गर्नुभयाे।

 विरगञ्जमा बन्द अवस्थामा रहेकाे  कृषि औजार कारखाना पुनःसञ्चालनका लागि  किताब बेच्न देशव्यापी अभियानमा दाङ आईपुग्नु भएका पुनले यस्ताे बताउनुभएकाे हाे ।

उहाँले पढे लेखेका धेरैजसाे युवा देशमा बस्नै नरूचाउनु दुरभाग्य रहेकाे बताउनुभयाे । सरकारले वेवास्ता गरेपनि नागरीककाे कर्तव्य भएकाले विरगञ्ज कृषि औजार कारखाना सञ्चालन गरेरै छाड्ने बताउनुभयाे।

कार्यक्रममा वाेल्ने अधिकांश वक्ताहरूले शिक्षाकाे माध्यबाट संस्थाले महत्वपूर्ण भुमिका निर्वाह गरेकाे भन्दै व्यवहारमुखी शिक्षा प्रदानमा ध्यान दिनुपर्ने बताएका थिए ।

साे अवसरमा  एन प्याब्सन लुम्बिनी प्रदेशका सदस्य केपि न्याैपाने,प्याबसन तुलसीपुरका अध्यक्ष गिरीराज डाँगी,इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख(डिएसपी) ठाकुर प्रसाद पाेखरेल,पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ दाङका अध्यक्ष केशव सुवेदी,तुलसीपुर उद्याेग वाणिज्य संघका उपाध्यक्ष मिनराज भण्डारी,एन प्याब्सन दाङका निवर्तमान अध्यक्ष बिमल गाैतम,सल्लाहकार राजेन्द्र कुमार पाण्डे,प्रेस  युनिय दाङका अध्यक्ष नारायण खडका,रिपोर्टस कल्ब दाङका अध्यक्ष शरद रेग्मी लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियाे। साधारणसभाका अवसरमा वर्ष उत्कृष्ट विद्यार्थी,एन प्याब्सनका पालिका संयाेजकहरू तथा विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएकाे थियाे ।

एन प्याब्सन दाङका वरिष्ठ उपाध्यक्ष ठाकुर प्रसाद डाँगीकाे स्वागत मन्तव्यबाट शुरू भएकाे कार्यक्रमकाे सहजिकरण सचिव शालिकराम कार्किले गर्नुभएकाे थियाे । साथै  दाङका नाै पालिकामा रहेका एन प्याब्सनका समितिकाे  आज अधिवेशनबाट नयाँ कार्यसमिति  चयन गरिने अधयक्ष भाेजराज न्याैपानेले जानकारी दिनुभयाे।

प्रकाशित मिति : २०८० फाल्गुन २६ गते शनिवार