२०८१ मङ्सिर २३ गते आइतवार

दलित उत्थान जागरण समुहकाे वडा समिति गठन



तुलसीपुर-२६ फागुन।

दलित उत्थान जागरण समुहको आज(शनिवार) तुलसीपुर-४ बनहरिमा बसेकाे बैठकले वडा समिति गठन गरेकाे छ ।

समुहका अध्यक्ष टोप बहादुर बिकको अध्यक्षता एबम तुलसीपुर-३ का वडा अध्यक्ष वीरबहादुर बिक (बिजय) को प्रमुख आतिथ्यता तथा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका केन्द्रिय उपाध्यक्ष जोगेन्द्र विश्वकर्माको बिशिष्ठ आतिथ्यतामा बसेको बैठकले दिलमाया नेपालीको अध्यक्षतामा ११ सदस्यीय वडा समिति गठन गरेको तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य लक्ष्मण बिश्वकर्माले जानकारी दिनुभयो ।

समितिको उपाध्यक्षमा धनकुमारी नेपाली ,सचिबमा सुशील गन्धर्व , कोषाध्यक्षमा राजकुमारी बिक रहनु भएको छ । यस्तै सदस्यहरुमा बिक्रम बिक, नबराज बिक, तिल बहादुर बिक, अनन्त गन्धर्व ,भगवती नेपाली , देबिराम नेपाली र मधुकर बिक चयन हुनुभएको छ ।

सो अबसरमा बोल्दै वडा अध्यक्ष बिकले दलित समुदायको हक र अधिकारका निम्ति आम दलित समुदाय एकजुट हुनुपर्ने बताउनुभएको थियो । राजनितीक आस्था र बिचारले जो जहाँ भएपनि आम दलित समुदायको मुद्दामा सबै एकजुट हुनुपर्ने उहाले बताउनुभयो । बैठकको सहजीकरण समुहका सचिव हिरा बिकले गर्नुभएको थियाे ।

प्रकाशित मिति : २०८० फाल्गुन २६ गते शनिवार